निर्माणाधीन माछापोखरीले लियो पाँच बालिकाको ज्यान « Khabarhub

निर्माणाधीन माछापोखरीले लियो पाँच बालिकाको ज्यान


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको मुखियापट्टि, मुसहर्निया-६ लक्ष्मीनियाँका हुलास यादवले धान खेतीबाट आम्दानी कम र खर्च बढी हुन थालेपछि वैकल्पिक खेतीका लागि माछा पालन व्यवसाय गर्ने मनशाय बनाए ।

थोरै जनशक्तिबाट व्यवसाय गर्न सहज हुने ठानेर उनी माछापालनका लागि पूर्वाधार निर्माणमा जुटे । एक सातअघि उनले करिव दश कठ्ठा जमिनमा पोखरी निर्माणको काम शुरु गरेका थिए ।

ठेकेदार लगाएर उनले माछा पोखरी निर्माणका लागि समथर खेतमा करिव ९ फिट गहिरो खाल्डो खन्न लगाए । काम जारी रहेकै बेला वर्षा हुन थालेपछि निर्माणको काम अवरुद्ध भयो । ठेकेदारले वर्षा रोकिएपछि केही दिनपछि काम गर्ने कुरा यादवलाई जानकारी गराएका थिए ।

एक साताअघि तीन दिन लगातार वर्षा हुँदा निर्माणाधीन उक्त माछा पोखरी पानीले टम्म भरियो ।

शुक्रबार लक्ष्मीनियाँका पाँच बालिका त्यही ठाउँका पुगेका थिए । उनीहरु कोही घाँस काट्न त कोही बाख्रा चराउन गएको वडाध्यक्ष धमेन्द्र यादवले बताए ।

पोखरीमा पानी टम्म भरिएको देखेपछि गर्मी छल्न पौडी खेल्ने क्रममा उनीहरुको डुबेर ज्यान गएको वडाध्यक्ष यादवले बताए ।

ज्यान गुमाउनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : ५६ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था