भोजपुरमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि वितरण « Khabarhub

भोजपुरमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि वितरण


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले विभिन्न होम आइशोलेसनमा रहेका व्यक्तिलाई आयुर्वेदिक औषधि वितरण गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई फैलिन नदिन लक्ष्य च्यावनप्राश, अश्वरगन्धा चूर्ण, गुर्जाेलगायत आयुर्वेदिक औषधि वितरण गरिएको हो ।

केन्द्रले जिल्लाका विभिन्न ठाउँमा रहेका आइशोलेसन पुगेर आयुर्वेदिक औषधि वितरण गरेको कार्यालयले जनाएको छ । आयुर्वेदिकको औषधि नियमित सेवनल रोगसँग लड्ने क्षमतामा बढ्ने केन्द्रको भनाइ छ ।

हालसम्म भोजपुुरको कोभिड अस्पताल रामप्रसादराई गाउँपालिका, भोजपुर नगरपालिका र जिल्ला अस्पतालमा आइसोलेशनमा रहेकामा औषधि वितरण भइसकेको र अन्य स्थानीय नागरिकलाई समेत वितरण गरिने योजना रहेको आयुर्वेद केन्द्रका सूचना अधिकारी दिलीपकुमार झाले जानकारी दिए ।

झाले भने, ‘‘जिल्लामा संक्रमितको सङ्ख्या बढिरहेको छ । आयुर्वेदिक औषधिले रोगसँग लड्ने क्षमता विकास गर्छ । जिल्लाका सबै संक्रमितलाई औषधि वितरण गर्ने लक्ष्य छ ।’’

कोरोना संक्रमित विरामीका लागि आयुर्वेदिक औषधीको प्रयोगले प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले यसको प्रयोग उपयोगी रहेको चिकित्सकले जनाएका छन् । संक्रमण दर दिनप्रतिदिन वढी रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्न जिल्ला अस्पताल भोजपुरका प्रमुख फिपराज विश्वकर्माले आग्रह गरे ।

आयुर्वेदिक औषधि सबैको लागि उपयोगी भएकाले यसलाई प्राथमिकतामा राखेर वितरण गर्नुपर्ने जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ । यस्ता औषधि खरिद तथा वितरणमा प्रदेश तथा केन्द्र सरकारले प्रामिकतामा राखेर काम गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले बताए ।

कूल १५४ थान विभिन्न खालका प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ । शुक्रबारसम्म भोजपुरमा संक्रमितको संख्या ५५६ पुगेको छ भने २३९ जना निको भएर फर्केका छन् । जिल्लामा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । –रासस

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : ४५ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच