कानूनमा दोस्रोपटक असफल भइन् किम | Khabarhub Khabarhub

कानूनमा दोस्रोपटक असफल भइन् किम


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क(बीबीसी)– रियालिटी टीभी स्टार तथा व्यापारी महिला किम कार्दासियन वेस्टले आफू पहिलो वर्षको कानून विषयको परीक्षामा दोस्रोपटक पनि असफल भएको खुलासा गरेकी छन् । किमले आफू असफल भएको कुरा ‘किपिङ अप विथ द कार्दासियन्स’ शोको फाइनल एपिसोडमा थाहा पाएकी थिइन् ।

१४ वर्षपछि यो हिट टेलिभिजन शो गत बिहीबारबाट बन्द भएको छ । कानून विषय पढ्दै गरेकी किमले आफ्नै ल फर्म खोल्न चाहन्थिइन् । ‘म असफल भएँ । मैले यसबारेमा तनाव लिइरहनु पर्दैन’, उनले भनेकी थिइन् । उनले यसै महिनामा हुने तेस्रो परीक्षामा सहभागिता जनाउने बताइन् ।

उनले कानूनको डिग्री लिएपछि आफ्नै ल फर्म खोल्ने र जसमार्फत सजाय र जेल सुधारका विषयमा आवाज उठाउने बताएकी छन् ।

गत वर्ष किम उनले जेलबाट मुक्त गर्न सहयोग गरेका कैदीबन्दीसँग ह्वाइट हाउसको भ्रमण गरेकी थिइन् । किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहल गरेर क्रिस्टल मुनोज, जुडिथ नेग्रोन र टाइनिस हलको बाँकी जेल जीवन अवधि मिनाहा गराउन लगाएकी थिइन् ।

यी तीन महिलाहरु लागुऔषधको मुद्धामा जेल परेका थिए । जबकी उनीहरु तिनैजनाका सन्तान थिए । किमले अमेरिकी न्याय प्रणालीमा परिवर्तन गर्नुपर्छ भन्दै आवाज पनि उठाइरहेकी छन् ।

बिहीबारको अन्तिम शोमा उनकी बहिनी खोलिइले किमलाई परामर्श गरेकी थिइन् । ‘तिमीलाई कोभिड भयो । तिम्रो आफ्नो ४० औं जन्मदिन थियो । तिमीसँगको व्यक्तिगत सम्बन्धमा धेरै कुराहरु थिए । क्वारेन्टाइन आफैंमा थियो । मलाई लाग्दैन कि यसमा यसपटकको असफलता पनि गणना भयो ।

किम यो समयमा पति कान्ये वेस्टसँगको सम्बन्धविच्छेद प्रक्रियामा छिन् । यो जोडीले सात वर्ष अघि विवाह गरेका थिए । उनीहरुका चार सन्तान छन् ।

शोको फाइनल एपिसोडमा उनले आफ्नो वैवाहिक अवस्थाको बारेमा जानकारी दिँदै आफ्नी आमालाई ‘आफू पूर्ण खुशी खोजिरहेको’ बताएकी थिइन् । उनले एक थेरापिष्टसँगको कुराकानी गरेपछि आफूले अप्रिय विवाह गरेको खुलाइन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : १० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौं– प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी– बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर