किन खान्छन् बच्चाले माटो ? « Khabarhub

किन खान्छन् बच्चाले माटो ?


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही बच्चा र गर्भवती महिलामा माटो, चक वा रंग जस्ता अनौठो चीज खाने शौख हुन्छ । यसलाई पीका ईटिंग डिसर्डर भनिन्छ । शरीरमा केही चीजको कमीका कारण बच्चामा अनौठो चीज खाने बानी हुन्छ ।

किन हुन्छ माटो खाने इच्छा ?

माटो, चक वा अनौठो चीज खाने शौक १ देखि ७ बर्षसम्मका बच्चा हुने गर्दछ । पटक पटक सम्झाईबुझाई गर्दा पनि बच्चाहरु यो बानी छाड्न सक्दैनन् । बरु उल्टै लुकीलुकी खाने गर्दछन् । यसो हुनुमा बच्चामा केही विशेष प्रकारको पौष्टिक तत्व, जस्तो आइरन, जिंक आदिको कमीले यस्ता अनौठो चीज खाने इच्छा हुने गर्दछ । त्यसमध्ये यी ३ कारण प्रमुख हुन् –

रगतको कमी

साना बच्चामा माटो खाने बानी हुनुमा रगतको कमीको संकेत हुन सक्छ । बच्चाले खुराकमा केवल दूध मात्र खादाँ रगतको कमी हुन सक्छ । त्यसैले उमेर पुगेका बच्चालाई उमेर अनुसारको खुराकमा अन्न, दाल, तरकारी र फलफूल ख्वाउनु पर्दछ ।

कुपोषण वा मानसिक विकास

खासमा बच्चामा माटा खाने बानीमा पीका ईटिंग नामक एक रोग हो । बच्चामा कुपोषण हुदाँ उनीहरुलाई अनौठो चीज खाने बानी हुने गर्दछ । यसका साथ माटो खाने बानीमा अटिज्म नामक रोग पनि कारण हुन्छ । बच्चाको मानसिक विकास ठीक तरिकाबाट नभएमा अटिज्मको शिकार हुनसक्छन् ।

जिज्ञासु स्वभाव

कहिलेकाँही बच्चाहरु केवल आफ्नो जिज्ञासु स्वभावका कारण माटो खाने गर्दछन् । उनीहरु आसपासको वातावरण बुझ्न हरेक चीज मुखमा हाल्ने समेत गर्छन् ।  यो कारणले माटो खाने बानी भएका बच्चाको बानी उमेर बढेसंगै छुट्ने गर्दछ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : १५ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले