किन खान्छन् बच्चाले माटो ? « Khabarhub

किन खान्छन् बच्चाले माटो ?


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही बच्चा र गर्भवती महिलामा माटो, चक वा रंग जस्ता अनौठो चीज खाने शौख हुन्छ । यसलाई पीका ईटिंग डिसर्डर भनिन्छ । शरीरमा केही चीजको कमीका कारण बच्चामा अनौठो चीज खाने बानी हुन्छ ।

किन हुन्छ माटो खाने इच्छा ?

माटो, चक वा अनौठो चीज खाने शौक १ देखि ७ बर्षसम्मका बच्चा हुने गर्दछ । पटक पटक सम्झाईबुझाई गर्दा पनि बच्चाहरु यो बानी छाड्न सक्दैनन् । बरु उल्टै लुकीलुकी खाने गर्दछन् । यसो हुनुमा बच्चामा केही विशेष प्रकारको पौष्टिक तत्व, जस्तो आइरन, जिंक आदिको कमीले यस्ता अनौठो चीज खाने इच्छा हुने गर्दछ । त्यसमध्ये यी ३ कारण प्रमुख हुन् –

रगतको कमी

साना बच्चामा माटो खाने बानी हुनुमा रगतको कमीको संकेत हुन सक्छ । बच्चाले खुराकमा केवल दूध मात्र खादाँ रगतको कमी हुन सक्छ । त्यसैले उमेर पुगेका बच्चालाई उमेर अनुसारको खुराकमा अन्न, दाल, तरकारी र फलफूल ख्वाउनु पर्दछ ।

कुपोषण वा मानसिक विकास

खासमा बच्चामा माटा खाने बानीमा पीका ईटिंग नामक एक रोग हो । बच्चामा कुपोषण हुदाँ उनीहरुलाई अनौठो चीज खाने बानी हुने गर्दछ । यसका साथ माटो खाने बानीमा अटिज्म नामक रोग पनि कारण हुन्छ । बच्चाको मानसिक विकास ठीक तरिकाबाट नभएमा अटिज्मको शिकार हुनसक्छन् ।

जिज्ञासु स्वभाव

कहिलेकाँही बच्चाहरु केवल आफ्नो जिज्ञासु स्वभावका कारण माटो खाने गर्दछन् । उनीहरु आसपासको वातावरण बुझ्न हरेक चीज मुखमा हाल्ने समेत गर्छन् ।  यो कारणले माटो खाने बानी भएका बच्चाको बानी उमेर बढेसंगै छुट्ने गर्दछ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै