के हो शिरोधारा ? यो उपचार विधिका यस्ता छन् फाइदा « Khabarhub

के हो शिरोधारा ? यो उपचार विधिका यस्ता छन् फाइदा



शिरोधारा आयुर्वेदिय पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने लोकप्रिय सुखचिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने उपचार भएकाले यसलाई शिरोधारा भनिएको हो ।

रोगावस्थ वा रोगीको प्रकृति हेरेर तेल, घ्यु, दुध, मोहि, , वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आयुर्वेयिदय औषधिहरु मिलाएर शिरोधारा दिइन्छ ।

स्वस्थ्य व्यक्तिको लागि भने औषधिय द्रव्य नराखीकन सादा तेल (तिल, लेभेन्डर, वदाम) को धारा दिइन्छ ।

आयुर्वेदिय मान्यता अनुसार हाम्रो शरीर, मन र आत्माको गहिरो अन्र्तसम्वन्ध छ । यो सम्वन्ध प्रगाढ रहि रहे प्रतिरक्षा प्रणाली शसक्त भइ हामी स्वस्थ्य भइरहन सक्छौ । शिरोधारा यस्तो उपचार विधी हो, जसले जीवनका यि तीनै पक्षलाई पूर्नताजगी गराएर रोगवाट निरोग र निरोगबाट स्वस्थ्य बनाउँछ ।

जापानमा युवावा के. र साथीहरुले गरेको अनुसन्धानमा शिरोधारा गर्नेहरुको मानसिक तनाव कमि र चित्तको अवस्थामा परीवर्तन पाइएको थियो भने तनावका लागि जिम्मेवार हार्मोनहरु नरएड्रिलानिको रक्त मात्र र मुत्रमा सेरोटोनिनको निष्कासन कम पाइयो ।

थाइरोट्रोपिन रिलिजिङ हार्मोन, डोपामाइन र नेचुरल किलर सेलहरुको सक्रियताले शिरोधारा प्रतिरक्षा प्रणाली शसक्त गर्ने विधि हो भन्ने मतलाई अझ पुष्टि गरिदियो ।

विधि

शिरोधाराका लागि पेट हल्का खाली हुनुपर्छ । नसामा रहेकाहरु, वाथ व्याधीले ग्रस्त, ढाड तथा घाटीका समस्यले ग्रस्त, निधारका घाउ खटिरा र स्नेहन द्रव्य एलर्जी भएकाहरुले गर्नु हुन्न । गर्नुभन्दा अघि मुख अभ्यङ्ग¨ गर्नुपर्छ । तत्पच्छात धारा टेवलमा उत्तानो परेर आरम पूवर्क सुतेपछि आखामा तेल नपरोस भनेर पट्टि वाधिन्छ ।

तेलको उचित तपक्रम जाचेर तेललाई विस्तारै निधारमा झर्न दिनुपर्छ । यो क्रम ४५ मिनेटदेखि १ घण्टासम्म जारी रहन्छ । समय पुरा भएपछि तेल पुछेर मनोरम स्थानमा गएर आरम गर्न लगाइन्छ ।

फाइदाहरु
विविध रोगहरु जस्तै आखाका समस्या, पिनास, माइग्रेन, एलर्जीक राइनाइटिस, कपाल फूल्ने, निन्द्रा नलाग्ने, तनाव, चिन्ता, भय,उदासिन्ता, स्मृतिनास, कान वज्ने, रिंगटा लाग्ने, श्रवण शक्तिको क्षय जस्ता समस्यमा अत्यन्त लाभदायक छ ।

मनोशारीरिक रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह, प्रमेह, स्वरियसिस, दम आदिमा फाइदा पुर्‍याउँछ । तनाववाट मुक्ति, शान्तिको महषुस र आनन्दको अनुभूति गर्नेहरुले शिरोधारालाई प्राथमिकताका साथ छनोट गरेको पाइएको छ ।

यसले शरीर, आत्मा र मनको पूनर्ताजगी गराइ आध्यत्मिक शक्तिको जागरण, एकाग्रता,ध्यान, लय, स्मृति र प्रखर संभाषण जस्ता चित्त शक्तिलाई बढाउँछ ।

(लेखक भरतपुर-१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडीकल डाइरेक्टर हुन ।)

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ४५ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको