मावाखोलाको पुलमा जोखिम | Khabarhub Khabarhub

मावाखोलाको पुलमा जोखिम


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक । हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ ।

तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको छ । सो पुल वर्ष दिनअघि मात्र पूर्णरूपमा सञ्चालनमा आएको थियो । पुलको दमक खण्डतर्फको पूर्वी भागको ग्यावियन भत्किन थालेपछि सडकसमेत भासिन थालेको छ ।

सडक भासिएसँग सो पुलमा अहिले एकतर्फीरूपमा मात्र यातायात सञ्चालन हुँदै आएको र यही अवस्था रहे अबको केही दिनभित्रमा पूरै सडक भत्किएर खोलामा खस्ने र यातायात सञ्चालनमा पूर्ण अवरोध सिर्जना हुनसक्ने खतरा रहेको पत्रकारसमेत रहनुभएका स्थानीयवासी नगेन्द्रमणि न्यौपाने बताउँछन् ।

पुल नबन्दासम्म वर्षायाममा दमक–१० र उर्लाबारी–९ का बासिन्दाले वारिपारि गर्न समस्या भोग्दै आएका थिए तर अहिले त्यही पुलको केही भागमा आवागमनमा नै असुविधा हुने गरी निर्मित संरचनामा क्षति आउन थालेपछि स्थानीयवासीमा चिन्ता छाएको उनको भनाइ छ । उनले पुल मर्मतमा बेलैमा चासो नदिने हो भने थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

विसं २०७१ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको उक्त पुलको अझै औपचारिक भने उद्घाटन गरिएको छैन । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार रु चार करोड ४० लाखमा २०० मिटर लामो पुल बनाउनुपर्नेमा ७५ दशमलव ४५ मिटर मात्र बनेको छ । झापातर्फ पुलसम्म पुग्ने बाटो कालोपत्रसमेत भइसकेको छ भने मोरङतर्फ आमबारी–झुर्किया सडकसँग पुल जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कर्ल्भटसमेत निर्माण भएको छ । दुवैतर्फ पुलसम्म नै कालोपत्र सडक पुर्‍याउन सकेमात्र त्यस सडकले प्राथमिकता पाउने अध्यक्ष खनाल बताउँछन् ।

पुल निर्माणले दमकदेखि विराटनगरसम्म पुग्नका लागि करिब ३० किलोमिटर छोटिएको भए पनि पुलको संरक्षणमा स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान खासै जान नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ११ : ४० बजे

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको