सैनिक अस्पतालमा काठमाडौँ महानगरबासीका लागि नि:शुल्क डायलाइसिस शुरू « Khabarhub

सैनिक अस्पतालमा काठमाडौँ महानगरबासीका लागि नि:शुल्क डायलाइसिस शुरू


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौँ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा शुरू गरेको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा शुरू भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले आज संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरे ।

‘महानगरपालिकाले नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ,’ शुभारम्भपछि सम्बोधन गर्दै प्रमुख शाक्यले भने, ‘हामीले यस अघि पनि नेपाली सेनासँगको सहकार्यमा सरसफाइ, वृक्षरोपणलगायतका काममा सहकार्य गर्दै आएका छौँ । अहिले सञ्चालन गरेको यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन् भन्नेमा विश्वस्त छु ।’

प्रमुख शाक्यले महानगरले ‘मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘‘कोभिडका बेला धेरै नागरिकलाई बचाउनुपर्छ भनेर महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेको छ ।

त्योसँगै सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने शर्तसहित क्षत्रपाटीको नि:शुल्क चिकित्सालयले ३५ शय्याको विशेष कोभिड अस्पतालमार्फत सेवा प्रदान गरिरहेको पनि उनले जानकारी दिए ।

महानगरले अनुदान स्वरुप दिएको रु ३ करोड रुपैयाँबाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, आठ वटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

महानगरपालिका र अस्पतालबीच २०७६ पुस २ गते उक्त सेवा सञ्चालन गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको थियो ।

सम्झौता अनुसार जडान गरिएका आठ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।

‘तत्कालका लागि ४८ जना बिरामीलाई साताको दुई पटक सेवा प्रदान सकिन्छ,’ अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले भने, ‘आजबाट शुरु भएको यो सेवा काठमाडौँ महानगरवासीहरूले आफू सम्बद्ध वडा कार्यालयबाट विपन्नको सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज – ५ पुगिसकेकोलाई सिफारिशपछि आजैदेखि प्राप्त गर्न सक्नुहुनेछ ।’

यो सेवा प्रदान गर्नका लागि अस्पतालमा छुट्टै युनिट निर्माण गरिएको पनि उनले जानकारी दिए । ‘यो सेवा सञ्चालनका लागि महानगरपालिकाले एक जना एमबीबीएस डाक्टर, तीन जना स्टाफ नर्स, एक जना हेमोडायलाइसिस प्राविधिक, एक जना अधिकारी र एक जना सफाई कर्मचारी गरी जम्मा सात जना जनशक्तिको लागि तलब खर्च व्यहोर्ने पनि सहमति भएको छ,’ उनले भने, ‘मिर्गौलाले काम नगरेको अवस्थामा शरीरमा जम्मा भएको दुषित पदार्थहरु शरीरबाट बाहिर निकाली स्वस्थ बनाउने विधिलाई डायलाईसिस भनिन्छ । अब यो सेवा सुरुसँगै त्यस्ता विरामीलाई उपचारमा सहज हुने अपेक्षा गरेका छौँ ।’

डाक्टर शर्माका अनुसार हाल देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका बिरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेका छन् । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ बिरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ०५ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको