भावुक बनाउने मेस्सी र नेइमारको त्यो अंगालो (भिडियोसहित) « Khabarhub

भावुक बनाउने मेस्सी र नेइमारको त्यो अंगालो (भिडियोसहित)


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा अमेरिका २०२१ को फाइनलमा घरेलु मैदानमा ब्राजिललाई हराएर अर्जेन्टिना विजेता बन्यो । यो सँगै २८ वर्षपछि अर्जेन्टिनाले मुख्य उपाधि जितेको छ ।

ल्याटिन अमेरिका र विश्व फुटबलमै शक्तिशाली मानिने ब्राजिलसँग फाइनल प्रतिस्पर्धामा अर्जेन्टिना भिड्ने भएपछि दुबै टिमका संसारभरिका समर्थकहरूबीच खेलको चर्चा चुलिएको थियो । समर्थकमा एकातर्फ ब्राजिल र नेइमारका फ्यान थिए भने अर्कातर्फ अर्जेन्टिना र लियोनल मेस्सीका फ्यान थिए ।

फाइनल खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जल डि मारियाले गरेको गोलले अर्जेन्टिनाका फ्यान खुसी त भए नै साथै २८ वर्षपछि अर्जेन्टिनाको पोल्टामा मुख्य खेलको उपाधि पर्‍यो । यो उपाधिसँगै मेस्सीले अर्जेन्टिनाकालागि पहिलो मुख्य उपाधि जितेका छन् ।

जितपछि अर्जेन्टिनाका खेलाडीहरुले खुसी साटासाट गरे । तर पराजित टोलीका खेलाडी नेइमार पनि अर्जेन्टिनी खेलाडीले खुसी मनाइरहेको ठाउँमा गएर मेस्सीलाई अंकमाल गरे । उनलाई मित्रको जितमा आफूले पराजय भोगे पनि बधाई दिन मन मानेन र मेस्सी नजिकै गएर अँगालो हाले । सोहि भिडियो केही घण्टामै विश्वभर भाइरल बनेको छ ।

भिडियो हेर्नुहोस् :

उनीहरूले करीब १ मिनेटसम्म एकअर्कालाई अँगालो हालिरहे । यो क्षणले दुबै टिमका समर्थकलाई मात्र भावक बनाएन समर्कहरुको मन पनि उत्तिकै छोयो ।

भिडियोमा नेइमारले मेसीलाई बधाई र मेसीले नेइमारलाई सान्त्वना दिइरहेको जस्तो देखिन्छ । नेइमार र मेसीको उक्त अँगालोको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

नेइमार र मेसीको मित्रता गहिरो छ। केही समयअघिसम्म उनीहरू स्पेनिस क्लब बार्सिलोनामा सँगै फुटबल खेल्थे। पछिल्लो समय नेइमार बार्सिलोनाबाट फ्रान्सेली क्लब पीएसजी गएका छन् । अहिले क्लब फरक परे पनि मेसी र नेइमारको मित्रता भने प्रगाढ रहेको यही भिडियोले दर्शाउँछ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ३३ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता