पूर्व माओवादी नेताले दिएको उजुरी निर्वाचन आयोगद्वारा खारेज, माओवादी केन्द्रले पायो वैधानिकता « Khabarhub

पूर्व माओवादी नेताले दिएको उजुरी निर्वाचन आयोगद्वारा खारेज, माओवादी केन्द्रले पायो वैधानिकता


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व माओवादी नेताहरूले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दिएको निवेदनलाई निर्वाचन आयोगले खारेज गर‍ेको छ ।

उक्त निवेदनबारे ‍निर्णय गर्दै आयोगले माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको हो ।

आयोगको आज भएको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको छ ।

नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमै पुगेर उजुरी गरेका थिए ।

आयोगले पूर्वमाओवादी नेताहरूको दाबीलाई अस्वीकार गरेको हो । त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ३० बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि