१३ औँ ‘साफ’ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली « Khabarhub

१३ औँ ‘साफ’ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ ‌औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्न नेपाल तयार रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्री ओलीले साफ खेलकुद नेपालले गर्न सक्ने भन्दै तयारीमा जुट्नुपर्ने बताएका हुन् ।

उनले खेलाडीहरुमा जितको उत्साह रहेको भन्दै उनले साफ पनि नेपालमा हुने र नेपालले जित्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई साफ आयोजनाको तयारी अघि बढाउन समेत निर्देशन दिए ।

आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ । प्रधानमन्त्री ओलीले नेपाललाई खेलकुदमा जित्ने बानी परेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । खेल र खेलाडीको विकासका लागि राज्य सदैव तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । खेलाडीको जित नै देशको जित भएको भन्दै प्रधानमन्त्री ओलीले अर्को पुरस्कार लिने तयारीमा लाग्न आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरे । सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो । पुरस्कार पाउनेहरुमा २३ जना खेलाडी, प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोल किपिङ प्रशिक्षक विकास मल्ल रहेका छन् । पुरस्कार ग्रहणपछि राष्ट्रिय टोलीका कप्ताल किरण चेम्जोङले सरकारले आफूहरुको हौसला बढाएको बताए ।

गत चैतमा भएको प्रतियोगितामा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । दशरथ रंगशालामा भएको उक्त फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ३४ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्