१३ औँ ‘साफ’ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली « Khabarhub

१३ औँ ‘साफ’ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ ‌औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्न नेपाल तयार रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्री ओलीले साफ खेलकुद नेपालले गर्न सक्ने भन्दै तयारीमा जुट्नुपर्ने बताएका हुन् ।

उनले खेलाडीहरुमा जितको उत्साह रहेको भन्दै उनले साफ पनि नेपालमा हुने र नेपालले जित्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई साफ आयोजनाको तयारी अघि बढाउन समेत निर्देशन दिए ।

आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ । प्रधानमन्त्री ओलीले नेपाललाई खेलकुदमा जित्ने बानी परेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । खेल र खेलाडीको विकासका लागि राज्य सदैव तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । खेलाडीको जित नै देशको जित भएको भन्दै प्रधानमन्त्री ओलीले अर्को पुरस्कार लिने तयारीमा लाग्न आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरे । सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो । पुरस्कार पाउनेहरुमा २३ जना खेलाडी, प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोल किपिङ प्रशिक्षक विकास मल्ल रहेका छन् । पुरस्कार ग्रहणपछि राष्ट्रिय टोलीका कप्ताल किरण चेम्जोङले सरकारले आफूहरुको हौसला बढाएको बताए ।

गत चैतमा भएको प्रतियोगितामा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । दशरथ रंगशालामा भएको उक्त फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै