२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ५३५ जनाको पीसीआर परीक्षणबाट १ हजार २३७ र ३ हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जना गरी जम्मा १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा ३,  झापामा ८५,  ताप्लेजुङमा १, तेह्रथुममा ३,  धनकुटामा १, भोजपुरमा २,  मोरङमा ७०, संखुवासभामा १, सोलुखुम्बुमा १ र सुनसरीमा २८ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को पर्सामा २, बारामा ३, रौतहटमा ४, सप्तरीमा १, सर्लाहीमा ६ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा २६३, काभ्रेमा ३४, चितवनमा ८३, दोलखामा ६, धादिङमा ११, नुवाकोटमा ४२, भक्तपुरमा ३१, मकवानपुरमा ६, रसुवा १३, रामेछापमा ६, ललितपुरमा ९७, सिन्धुली २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५२, गोरखामा २१, तनहुँमा १०, नवलपरासी पूर्वमा १६, पर्वतमा ३, लमजुङमा १ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ५, पाल्पामा ३, प्युठानमा ६,  बर्दियामा ८, बाँकेमा ११, रोल्पामा ३ र रुपन्देहीमा ३४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा १ र सुर्खेतमा १५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७, कैलालीमा ७२, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै