मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा « Khabarhub

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएको भन्दै विपक्षीगठबन्धन निकट विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी गठबन्धनले मूल्य बृद्धि फिर्ता गर्नका लागि ७२ घण्टे अल्टिमेटम दिदाँ पनि आयल निगमले सुनुवाइ नगरेको भन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संगठनले असार २८ गते (भोलि) देखि आयल निगमका गाडीहरु चल्न नदिने र असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने जनाएका छन् । त्यस्तै असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् । आगामी आन्दोलनमाथि दमन गरिएका त्यसबाट हुन सक्ने क्षतिको सम्पूर्ण जिम्मेवार सरकार हुने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले निगमले आफूहरुको मागलाई बेवास्ता गरेको आरोप लगाए । उनले मनोमानी रुपमा नै निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेकाले आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

त्यस्तै अनेरास्ववियु माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले सरकारबिरुद्ध गरिएको आन्दोलनलाई सशक्त पार्ने बताए । उनले ओलीले आफ्नो गल्ती नसच्चाएसम्म विद्यार्थी गठबन्धनको आन्दोलन नरोकिने बताए ।

पत्रकार सम्मेलनमा शैक्षिक क्षेत्रमा देखिएका बेथिति, राजनीतिक मुद्दा लगायतका विषयमा गरिएको सघंर्षलाई पनि निरन्तरता दिने जनाएका छन् । विपक्षीविद्यार्थी संगठनले सरकार विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ५८ बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का