विपक्षी गठबन्धनविरुद्ध युवा संघ र खेलकुद महासंघको प्रदर्शन (फोटोफिचर) « Khabarhub

विपक्षी गठबन्धनविरुद्ध युवा संघ र खेलकुद महासंघको प्रदर्शन (फोटोफिचर)


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमाले सम्बद्ध युवा संघ र नेपाल खेलकुद महासंघले विपक्षी गठबन्धनविरुद्ध काठमाडौँमा प्रदर्शन गरेका छन् ।

वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै उनीहरूले काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दीमा पार्न खोजिएको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘आइएम वीथ केपी ओली, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’ लगायतका प्लेकार्ड बोकेका थिए । युवा संघले बिजुली बजारबाट माइतीघर मण्डलासम्म जुलुस निकालेको थियो ।

त्यस्तै एमाले निकट खेलकुद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित प्रदर्शन गरेको छ । त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम भएको र मुलुकमा अराजक अवस्था सिर्जना गर्न खोजिएको भन्दै खबरदारी गरिएको बताए ।

एमाले निकट संगठनले जनताको सार्वभौमसत्ताको रक्षा र विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ४५ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन