विपक्षी गठबन्धनविरुद्ध युवा संघ र खेलकुद महासंघको प्रदर्शन (फोटोफिचर) | Khabarhub Khabarhub

विपक्षी गठबन्धनविरुद्ध युवा संघ र खेलकुद महासंघको प्रदर्शन (फोटोफिचर)


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमाले सम्बद्ध युवा संघ र नेपाल खेलकुद महासंघले विपक्षी गठबन्धनविरुद्ध काठमाडौँमा प्रदर्शन गरेका छन् ।

वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै उनीहरूले काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दीमा पार्न खोजिएको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘आइएम वीथ केपी ओली, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’ लगायतका प्लेकार्ड बोकेका थिए । युवा संघले बिजुली बजारबाट माइतीघर मण्डलासम्म जुलुस निकालेको थियो ।

त्यस्तै एमाले निकट खेलकुद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित प्रदर्शन गरेको छ । त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम भएको र मुलुकमा अराजक अवस्था सिर्जना गर्न खोजिएको भन्दै खबरदारी गरिएको बताए ।

एमाले निकट संगठनले जनताको सार्वभौमसत्ताको रक्षा र विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ४५ बजे

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना