औषधिजन्य औषधसहित नागढुंगाबाट ३ जना पक्राउ | Khabarhub Khabarhub

औषधिजन्य औषधसहित नागढुंगाबाट ३ जना पक्राउ


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधिजन्य लागुऔषधसहित काठमाडौँको नागढुंगाबाट ३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सोमबार साँझ वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना।६ख ४१३२ नम्बरको बसमा आएका पर्साको पकाहा मैनपुर घर भएका नितेश पटेललाई प्रहरीले पक्राउ गरेको थियो । उनको बयानका आधारमा अरू दुईजना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार १९ वर्षीय नितेशको साथबाट प्रहरीले गाडीको सिटमा लुकाएर ल्याएको डाइजेपाम ५ सय एम्पुल, नुफ्रिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल बरामद गरिएको हो ।

एसपी बस्नेतका अनुसार लागुऔषध कीर्तिपुर बस्ने रवीन्द्र प्रसाद कुर्मी र फैयाज अन्सारीले मगाएका थिए । बारा घर भएका कुर्मी र पर्सा घर भएका अन्सारीलाई कीर्तिपुरको ट्याङ्लाफाँटबाट पक्राउ गरिएको हो ।

अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ८ : ०४ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार