सहमति कार्यान्वयन गर्न सरकारलाई ‘विप्लव’ नेकपाका नेता बाँस्तोलाको आग्रह « Khabarhub

सहमति कार्यान्वयन गर्न सरकारलाई ‘विप्लव’ नेकपाका नेता बाँस्तोलाको आग्रह


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् ।

नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै उनले तीन बुँदे सहमतिमध्ये पार्टी मात्रै खुला भएको तर अन्य सहमतिहरु पालना नभएको  गुनासो गरे । तत्काल सहमति कार्यान्वयन गर्न उनले सरकारसँग माग पनि गरे ।

उनले संसदीय ब्यवस्थाको विकल्पको खोजी गर्दै सबै पार्टीका नेताहरुलाई भेट गरेको पनि बताए । ‘संसदीय ब्यवस्थाको बिकल्प खोजी गर्नुपर्ने प्रस्ताव लिएर प्रचण्ड, बाबुराम, शेरबहादुर देउवा, केपी ओलीदेखि कमल थापलाई पनि भेट्यौं,’ बाँस्तोलाले भने, ‘यो ब्यवस्थाको बारेमा जनमत संग्रह गरौं भनेका छौं ।’ जनमत संग्रहका लागि सबैतिरबाट दबाब दिनुपर्ने पनि उनले बताए ।

पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका नवलपुर अध्यक्ष रामप्रसाद गौतमको आमा ज्ञानकुमारी गौतमको निधनमा शोक ब्यक्त गर्न बाँस्तोला मंगलबार नवलपुर आएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : २० बजे

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी