भुजीखोलाको बाढीले बगाएका ९७ घर पुनर्निर्माण « Khabarhub

भुजीखोलाको बाढीले बगाएका ९७ घर पुनर्निर्माण


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गत वर्षको भदौ १७ गते भुजीखोलामा आएको बाढीसँगैको पहिराले पूर्ण क्षति भएका निजी आवास पुनर्निर्माण गर्न थालिएको छ ।

झण्डै एक वर्ष अर्काको घरमा शरणमा बसेका पीडितले नगरपालिकाको सहयोगमा पुनःर्निर्माण गर्न थालेका हुन् ।

बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो पीडितका लागि नगरपालिकाले आवास निर्माण गर्न सहयोग गरेकाले काम अघि बढाइएको स्थानीय पीडित लालमाया घर्तीले बताए । सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम पर्खिएकामा नगरपालिकाले विलम्ब भएको भन्दै दामासाहीले पीडितहरुलाई अनुदान उपलब्ध गराएर घर निर्माण गर्न लगाएको हो ।

बाढी–पहिरापछि दाताहरुबाट सङ्कलित झण्डै रु दुई करोड ४६ लाख सहयोग र नगरको बजेट समेतबाट ९७ पीडित परिवारका घर निर्माणको काम थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो ।बाढी र पहिराका कारण विस्थापित १३० परिवार घर पूर्ण क्षति भएकामा ९० घरपरिवारले धमाधम घर बनाइरहेका छन् ।

आंशिक क्षति भएर पनि बस्न नमिल्ने अवस्थामा रहेका सात घर पनि प्राप्त भएको रकमले बन्दैछ । “प्रत्येक घरका लागि दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएका छौँ, सोही रकमबाट उहाँहरु घर बनाउँदै हुनुहुन्छ”, उनले भने, “सरकारले दिने भनेको अनुदानमा प्रक्रिया पु¥याउनै कठिन भएकाले तत्कालको समस्या टार्नेतर्फ लाग्यौँ ।”

“एकपटक ५० हजार दिएको थियो, फेरि एक लाख ५० हजार दियो, के गर्ने त्यतिले घर बन्दैन, नाक र कानमा लगाएको सुन बेचेरै भए पनि घर बनाउँदैछु”, वडा नं.९ बोबाङकी पीडित लालमाया घर्तीले भनिन, “उता बाढी यता पहिराको डर, छिमेकीको जग्गामा घर बनाउन लागेकी छु, त्यो पनि उधारोमा जग्गा लिएर ।”

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा पहाडी क्षेत्रमा बाढी–पहिराका कारण पूर्ण क्षति भएका घरका लागि रु चार लाख अनुदान दिने नीति बनाएकोे थियो, जस्मा मनसुनजन्य विपत् प्रभावित पुनर्निर्माण पुनस्र्थापना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको ६०, प्रदेश सरकारको ३० र स्थानीय सरकारको १० प्रतिशत सहभागिमा मात्रै अनुदान दिने व्यवस्था छ । सो नीतिअनुसार स्थानीय तहले प्रक्रिया पु¥याउन नसक्दा अनुदान उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

“असारको अन्तिममा बजेट आयो, फ्रिज नहुने बजेट हो”, उक्त कार्यालयका सूचना अधिकारी गणेश गौतमले भने, “प्राविधिकले अध्ययन गरेर सूची तयार पार्ने र एप्लिकेशनमा प्रविष्ट गर्ने काम गर्नुभएको छ, सोहीअनुसार अनुदानको कार्यक्रम अघि बढ्छ” ।

बडिगाड गाउँपालिकाका ३१ लाभग्राहीको भुक्तानी प्रक्रिया सुरु भएको छ । दुई पालिकाबाहेकका पालिकाका पीडितहरुको फाइल तयार गर्न स्थानीय तहले ढिलाइ गरेका कारण अनुदान रोकिएको उनले बताए ।

नगरपालिकाले पनि अनुदानका लागि एप्समार्फत भर्नुपर्ने विवरण भरेर फाइल तयार गरेको छैन । गत वर्ष भदौ १७ गते भुजीखोलामा आएको बाढी–पहिराबाट २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ५९ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी