जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ : डा महत | Khabarhub Khabarhub

जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ : डा महत


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताएका छन् ।

आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहमहामन्त्री डा महतले भने, “नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थानबिना देशको विकास असम्भव छ ।”

सहमहामन्त्री डा महतले कांग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको हितका पक्षमा काम गरिरहेको बताए ।

उनले कांग्रेसको सरकारकै नेतृत्वमा निर्माण भएको देशको वर्तमान संविधानमा समावेशी सिद्धान्तबमोजिम नै महिला, आदिवासी जनजाति, दलितलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको पनि बताए ।

सहमहामन्त्री डा महतले सम्पूर्ण आदिवासी जनजाति कांग्रेसको समावेशी नीति र कार्यक्रमलाई जनताका सामु लैजानुपर्ने बताए ।

उनले कांग्रेसले नै देशका प्रमुख राजनीतिक परिवर्तनहरुको नेतृत्व गरेको र त्यसमा देशका आदिवासी, जनजाति एवं दलितलगायतका देशका समग्र समुदायले कांग्रेसलाई साथ दिएको स्मरण पनि गरे ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : ५० बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा