विधिको शासनको उपहास गर्दा बालुवाटारबाट ओली बालकोट पुगे : नेता सिंह | Khabarhub Khabarhub

विधिको शासनको उपहास गर्दा बालुवाटारबाट ओली बालकोट पुगे : नेता सिंह


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्ने बताएका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको भवन आज उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र समूहगत स्वार्थभन्दा माथि उठेर कानुन, विधि र पद्धतिमा रहेर शासन गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट ओली बालकाेट पुगेको कुराबाट  सबैले पाठ सिक्नुपर्छ ।’

उनले सरकारले कोरोनाविरुद्धको खोप सँगसँगै भ्रष्टाचार नियन्त्रणमा पनि जोड दिनुपर्ने बताए । उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । नाराले होइन कामले गरेर देखाउनुपर्छ । जिम्मेवार पदमा बसेकाले पहिला सुरुआत गर्नुपर्छ ।”

उनले जनप्रतिनिधिले जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्नुपर्ने सुझाव दिए । उनले भने, “जनप्रतिनिधिले जनतालाई विश्वासघात गर्नुहुन्न । जनता नै सर्वोपरि हो भन्ने ध्यान दिनुपर्छ ।”

उनले जनप्रतिनिधि साझा व्यक्तित्व भएकाले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा समेत जोड दिए ।

“जनप्रतिनिधिले दलगत स्वार्थ त्यागेर काम गर्नुपर्छ । निर्वाचनमा दलको घोषणापत्र र चुनाव चिह्न लिएर निर्वाचन जानु प्रजातान्त्रिक प्रक्रिया हो तर निर्वाचित भई सकेपछि जनताको प्रतिनिधिका रुपमा अघि बढ्नुपर्छ । दलगत स्वार्थले काम गर्नुहुन्न”, उनले भने ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिए पनि नगरको सडक, ढल, सरसफाइ र व्यवस्थित बसोबासमा पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले भने, “नगरपालिकाको नाराअनुसार सम्पदा संरक्षणको काम अघि बढेको छ । यसले बढी चर्चा पाएकाले नगरपालिकाले सम्पदा संरक्षणको मात्रै काम गरेको हो कि भन्ने बुझाइ पनि छ तर नगरपालिकाले ढल, सडक र सरसफाइमा समेत विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ ।”

नेपाली कांग्रेसका नेता एवं मध्यपुरथिमि नगरप्रमुखका प्रत्याशी अष्ट कवेले नगरपालिकाले मध्यपुर थिमिका जनतालाई प्रमुख प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप व्यवस्थापनमा थप जोड दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ०१ बजे

जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल 

राँझा– नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण

‘भोजपुरे खुकुरी’ पाँच सयदेखि ५२ हजारसम्ममा बिक्री

भोजपुर– देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि

धान बेच्न किसान रातभर लाइनमा

घोडाघोडी– यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा