लुम्बिनी प्रदेशसभा विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश « Khabarhub

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै गम्भीर संवैधानिक प्रश्न समावेश भएकाले रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

‘प्रस्तुत रिट निवेदनमा लुम्बिनी प्रदेश सरकारको गठन तथा मुख्यमन्त्रीको नियुक्ति, पुनः नियुक्ति, प्रदेशसभाको आह्वान र अन्त्य, अविश्वासको प्रस्ताव पेश र छलफलको विषय लगायत नेपालको संविधानको धारा १६८ तथा १८८ समेतको व्याख्याको गम्भीर संवैधानिक प्रश्न समावेश भएको पाइन्छ’ आदेशमा भनिएको छ, ‘यी विषयहरूलाई संविधानको सही कार्यान्वयन एवं संसदीय लोकतन्त्रका मान्यताहरूको रोहमा हेरिनु आवश्यक हुन्छ।’

साथै यो रिटलाई प्रतिनिधिसभा पुनर्स्थापनाका क्रममा गत फागुन ११ र असार २८ मा भएका फैसलाहरू समेत आधार मानेर हेर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

यस्तो छ आदेश

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : २५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको