लुम्बिनी प्रदेशसभा विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश « Khabarhub

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै गम्भीर संवैधानिक प्रश्न समावेश भएकाले रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

‘प्रस्तुत रिट निवेदनमा लुम्बिनी प्रदेश सरकारको गठन तथा मुख्यमन्त्रीको नियुक्ति, पुनः नियुक्ति, प्रदेशसभाको आह्वान र अन्त्य, अविश्वासको प्रस्ताव पेश र छलफलको विषय लगायत नेपालको संविधानको धारा १६८ तथा १८८ समेतको व्याख्याको गम्भीर संवैधानिक प्रश्न समावेश भएको पाइन्छ’ आदेशमा भनिएको छ, ‘यी विषयहरूलाई संविधानको सही कार्यान्वयन एवं संसदीय लोकतन्त्रका मान्यताहरूको रोहमा हेरिनु आवश्यक हुन्छ।’

साथै यो रिटलाई प्रतिनिधिसभा पुनर्स्थापनाका क्रममा गत फागुन ११ र असार २८ मा भएका फैसलाहरू समेत आधार मानेर हेर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

यस्तो छ आदेश

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : २५ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता