मानार्थ कन्सुलर संस्था नेपालका डीनद्वारा राष्ट्रपतिसँग भेट « Khabarhub

मानार्थ कन्सुलर संस्था नेपालका डीनद्वारा राष्ट्रपतिसँग भेट


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मानार्थ कन्सुलर संस्था, नेपाल’ को नव निर्वाचित डीनको टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ । टोली नेतृत्व नवनिर्वाचित डीन लोकमान्य गोल्छाले गरेका थिए ।

डीनले नेपाललाई कोरोना भाइरसको भ्याक्सिन र अन्य स्वास्थ्य सामग्री सहयोग गर्ने देशहरूलाई राष्ट्रपति भण्डारीका कन्सुल तथा कन्सुल जनरलहरूका तर्फबाट शुभकामना दिए ।

उक्त अवसरमा नेपाल र नेपालका लागि सहायता सामग्री पठाउने मुलुकहरू बीचको आपसी सहयोग सौहार्दपूर्ण र सहयोगी रहेको कुरा स्मरण गरिएको थियो ।

सहायता सामग्री पठाउने मुलुकहरू नेपाललाई महामारीमा र अन्य आवश्यक सहयोग गर्न इच्छुक रहेका छन् । डीनको टोलीले राष्ट्रपतिलाई मानार्थ कन्सुलर संस्थाले सहायता प्रदान गर्ने देशहरूले नेपालको अर्थतन्त्र सुदृढीकरण तथा द्विपक्षीय र बहुपक्षीय सम्बन्ध प्रवर्द्धनका लागि गरेको प्रयासका बारे जानकारी गराएको थियो ।

राष्ट्रपति भाण्डारीले विभिन्न मुलुकहरूले नेपाललाई गरेको सहयोगको सराहना गरिन् ।

राष्ट्रपति भण्डारीले ती देशहरूमा नेपाली दूतावास खोल्न सम्भव नभएको वर्तमान अवस्थामा कन्सुलरहरूको भूमिका निकै महत्वपूर्ण हुने विश्वास प्रकट गरिन् ।

राष्ट्रपतिले कन्सुलरहरूले व्यापार, आर्थिक क्षेत्र, जनस्तरको सम्बन्ध र पर्यावरण तथा जलवायुत् परिवर्तन सम्बन्धी ज्वलन्त मामलाहरूमा पनि योगदान गर्न सक्ने बताइन् ।

यसैगरी राष्ट्रपति भण्डारीले मानार्थ कन्सुलर संस्थाले द्विपक्षीय र बहुपक्षीय क्षेत्रमा सहयोग आदान–प्रदानका लागि आफ्नो दायरा अझै फराकिलो बनाउन सक्ने बताइन् ।

उनले व्यापार र पर्यटन प्रवर्द्धनसँगै पर्यावरणका मामलाहरूमा काम गर्न पनि मानार्थ कन्सुलर संस्थाका सदस्यहरूलाई आग्रह गरिन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : ०८ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता