एक्जिट भिसा नपाएर साउदीमै रोकिए ४० नेपाली « Khabarhub

एक्जिट भिसा नपाएर साउदीमै रोकिए ४० नेपाली



दोहा- वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका ४० नेपाली युवा समस्यामा परेका छन् । भिसाको म्याद सकिएर कम्पनीले एक्जिट भिसा नलगाइ दिएपछि उनीहरू साउदीमै रोकिएका छन्  ।

साउदीको जेद्धामा रहेको सेद इन्टरनेसनलले कम्पनीले समयमा एक्जिट भिसा नलगाई दिदा स्वदेश फर्किन समस्या भएको पीडित नेपालीहरुले बताएका छन् ।

‘तीन वर्ष भन्दाबढी भयो घर नगएको अहिले हामी पाँच महिनादेखि घर फर्किने तयारीका साथ कोठामै बसिरहेका छौ,’ बर्दिया तारातालका गजेन्द्र भण्डारीले खबरहबसँग भने कम्पनीले एक्जिट भिसाको प्रोसेस भईरहेको छ मात्र भन्छ अहिलेसम्म केही भएको छैन् ।

‘हामी एउटै कम्पनीमा काम गर्ने  ४० नेपाली एक्जिट भिसाको पर्खाइमा बसेको पनि पाँच महिना भयो,’ उनले भने, ‘कम्पनीले खानबस्न दिए पनि लामो समयसम्म कोठामा बसिरहेकोले मानसिक तनावमा छौ ।’

आफूहरुको समस्या जेद्धास्थित महाबाणिज्य दूतावासलाई पनि ४० जनाकै नाम लिष्टसहित जानकारी गराएको भए पनि आज हुन्छ, भोली हुन्छ भनेर झुलाई रहेको उनीहरुले गुनासो गरेका छन् ।

यता दूतावासले भने पीडितको समस्या समाधानको प्रयास जारी रहेको जनाएको छ । एक्जिट भिसाको पहल भैरहेको दूतावासले जनाएको छ । यस्ता समस्या दिनप्रतिदिन बढ्न थालेको भन्दै नेपाली कामदारको अवस्था बुझ्न र समाधानको पहल गर्न पीडित कामदारले दूतावासलाई आग्रह गरेका छन् ।

पाँच महिनादेखि भिसाविहीन अवस्थामा बसिरहेको भन्दै उनीहरुले त्यहाँ रहेका विभिन्न संघसस्था लगायत सम्बन्धित निकायलाई आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

कोरोना महामारीका कारण साउदी अरबबाट करार अबधि सकिएर स्वदेश फर्किने नेपालीले टिकट पाए पनि एक्जिट (बहिर्गमन) भिसा नपाउदा सयौँ नेपालीहरु समस्या परेका छन् ।

पछिल्लो समयमा कम्पनीले महामारीको कारण देखाउँदै कामदारलाई बिना पारिश्रमिक कम्पनीबाट निकाल्ने तथा समयमा एक्जिट भिसा नलगाई दिने र करार अबधि सकिएपछि पनि घर नपठाउने गरेको गुनासो बढ्न थालेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ८ : ४५ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु