अलैँचीको मूल्य बढेसँगै कृषक उत्साहित « Khabarhub

अलैँचीको मूल्य बढेसँगै कृषक उत्साहित


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- कालो सुनको उपनामले परिचित नयाँ अलैँची बजारमा खरिद बिक्री सुरु भएको छ ।

अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।

पछिल्लो केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरूमै सोचेभन्दा राम्रो मूल्य आएको आएको बताइएको छ ।

केही साताअघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ३२ देखि ३५ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैँची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको हो ।

जिल्लाकै प्रमुख नगदेबालीको रूपमा रहेको अलैँचीको नयाँ उत्पादन (फसल) को मूल्य गत वर्षभन्दा यस वर्ष १२ हजारदेखि १४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए ।

अधिकारीका अनुसार गत वर्ष नयाँ अलैँची बजारमा कारोबार हुन थाल्दा प्रतिमन २० देखि २२ हजार रुपैयाँ मात्र मूल्य रहेको थियो । यस वर्ष सुरूमा आएको अलैँची मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको अधिकारीको भनाइ छ ।

फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैँची मूल्यले सधैं निरासा खेप्दै आएका किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताए ।

विगतका वर्षमा प्रतिमन २० देखि २२ हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँची यो सुरूमै प्रतिमन करिव १५ हजार रुपैयाँभन्दा बढीमा कारोबार हुनु भनेको धेरै राम्रो मूल्य भएको व्यवसायी रेग्मीको भनाइ छ । यसरी सुरूमा नै राम्रो मूल्य आएकाले सिजनसम्म नै राम्रो मूल्य आउने जिल्लाका किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।

यता यसवर्ष अलैँची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् । अहिले औल क्षेत्रको अलैँची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बूले बताए ।

लिम्बूका अनुसार यसवर्ष औल क्षेत्रमा सबैतिर अलैँची नफलेकाले उत्पादन घटेको छ । लेकाली क्षेत्रमा भने अलैँची फल राम्रै लागेको किसानले बताएका छन् । लेकाली क्षेत्रको अलैँची भने कात्तिकदेखि मङ्सिर सम्ममा निस्कने गर्दछ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्