इलामका जिसस सदस्यको कोभिडबाट निधन « Khabarhub

इलामका जिसस सदस्यको कोभिडबाट निधन


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ ।

उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४ बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उनमा कोभिडको सङ्क्रमण देखिएको थिएन ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

दक्षिणी इलामको रोङ गाउँपालिका–४ निवासी उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य थिए । उनको निधनबाट इलामले एक प्रतिभाशाली युवा राजनीतिकर्मी र जनप्रतिनिधि गुमाएको इलाम जिसस प्रमुख बरालले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्