यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा « Khabarhub

यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् ।

शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको खेलमा  त्यसपछिका दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए ।

चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेटमा ६-२ को जित निकाल्दै जोकोभिक उपाधि नजिक पुगेका हुन् ।

अब जोकोभिचले उपाधिका लागि रुसका डानियल मेदभेदेबसँग खेल्नेछन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : १५ बजे

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत