सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुरा « Khabarhub

सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुरा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम्रो देखिन महिलालाई मात्र नभइ पुरुषलाई पनि मन लाग्ने बिषय हो । पुरुष पनि महिला जस्तै सुन्दर र स्टाइलिश देखिन चाहान्छ । त्यसैले आजकल पुरुष फेशियलदेखि वाक्सिङसम्म गर्दछन् ।

आवश्यक परेमा मेकअप पनि गर्न थालेका छन् । तर यसकालागि फेसनको सही ज्ञान हुन आवश्यक छ । त्यसैले पुरुषले सुन्दर बन्न अपनाउन सक्ने यि टिप्स बारे जानौँ :

– स्टाइलिस बन्न आफ्नो बडी शेप अनुसार कपडा लगाउन आवश्यक हुन्छ । अर्थात आफुलाई सुहाउँदो कपडा छान्नु पर्दछ ।

क) यदि शरीरको माथिल्लो भाग चौडा छ, कम्मर र हिप माथिल्लो भागभन्दा सानो छ भने यस्तो शरीर हुने पुरुषले हिप एरियालाई पकेट वा बेल्टले डिटेलिङ दिन सक्छन् । साथै, भी नेक टिसर्ट पनि राम्रो विकल्प हुनसक्छ ।

ख) यदि काँध र कम्मरको चौडा बराबर छ भने यस्ता पुरुषले काँधलाई चौडा र कम्मर र हिप्सलाई थोरै साँघुरो देखाउने पहिरन लगाउनु पर्दछ । यो शारीरिक रुपमा त सम्भव छैन तर केही कट्स र टाइप्सका कारण तपाईं यस्तो गर्न सकिन्छ ।

ग) काँध सानो, मध्य ओभल र खुट्टा स्लिम छ भने यस्ता पुरुषले शरीरलाई लामो देखाएर आफूलाई स्लिम लुक दिनुपर्छ ।

– धेरैलाई थाहा नहोला तर महिलालाई भन्दा पुरुषलाई मेकअपको बढि आवश्यकता पर्दछ । शरीरको छाला र लुकलाई उत्कृष्ट बनाउनकालागि स्पा, बडि मसाज, मेनिक्योर र पेडिक्योर पनि गर्नु पर्दछ ।

– अहिले पुरुषले लगाउने ट्रेडी ब्रासलेट चर्चित छ । बजारमा उपलब्ध लेदर कफदेखि वुडन बीड्ससम्म पुरुषका लागि विभिन्न ब्रासलेट पाइन्छ । मेटल ब्रासलेट, नोटिकल ब्रासलेट तथा बिडेड ब्रासलेट पनि राम्रा विकल्प हुन् ।

– पुरुष राम्रो देखिन हेयरकट राम्रो हुन आवश्यक छ । साथै पुरुषले कपालको पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । विशेषगरी चायाँ र कपाल झर्ने समस्यालाई हुन दिनु हुदैँन ।

– भनाई नै छ, पुरुषको पहिचान गर्ने भए उसको जुत्ताबाट गर्न सकिन्छ । त्यसैले पुरुषले आफ्नो जुत्ता आफ्नो इच्छाले नभइ कार्यक्रम अनुसार र मौसम अनुसार छनोट गर्नुपर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : ५१ बजे

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट