‘सर्कस’मा मिनाम्मा बन्दै दीपिका « Khabarhub

‘सर्कस’मा मिनाम्मा बन्दै दीपिका


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड निर्देशक रोहित सेठ्ठी आफ्नो फिल्म ‘सूर्यवंशी’लाई गत मार्च २४ दर्शकमाझ ल्याउने तयारीमा थिए । तर विश्वव्यापी कोभिड महामारीका कारण उनले रिलिजको योजना पछाडि धकेले । निर्माणको झण्डै डेढ वर्ष बितिसक्दा पनि यो फिल्म रिलिज हुने कुनै छाँटकाट नै देखिएको छैन ।

अहिले रोहित नयाँ फिल्म ‘सर्कस’को तयारीमा व्यस्त छन् । यो फिल्म साहित्यकार विलियम सेक्सपियरको नाटक ‘द कमेडी अफ इरोर्स’को अधिकार लिएर बनाउन लागिएको हो । फिल्ममा रणवीर सिंह, वरुण शर्मा, पुजा हेड्जे र ज्याकुलिन फर्नान्डिज प्रमुख भूमिकामा छन् ।

केही समयअघि फिल्ममा अभिनेत्री दीपिका पादुकोणको पनि अभिनय रहने समाचार सार्वजनिक भएको थियो । उनी एक गीतमा देखिने चर्चा थियो । फिल्म निकट स्रोतका अनुसार फिल्ममा दीपिकालाई फिल्म ‘चेन्नइ एक्सप्रेस’को चरित्र मिनाम्मामा प्रस्तुत गरिनेछ ।

सन् २०१३ मा रोहितकै निर्देशनमा बनेको फिल्म ‘चेन्नइ एक्सप्रेस’मा दीपिकाको चरित्रलाई उनको करियरकै एउटा उत्कृष्ट चरित्रका रुपमा हेर्ने गरिन्छ । दीपिकाको चरित्र अनुसार फिल्ममा उपयुक्त हुने भएकाले उनलाई अभिनय गरानउ लागिएको बताइएको छ ।

फिल्मका व्यापार विश्लेषकका अनुसार रणवीर र दीपिका बलिउडको रुचाइएको जोडी भएकाले पनि फिल्मको कुनै गीत वा एक दृश्यमा दुवैलाई एकैसाथ प्रस्तुत हुनु दर्शकसँगै निर्माताका लागि पनि फाइदाजनक हुनेछ ।

रणवीर र दीपिका क्रिकेटर फिल्म ‘८३’मा देखिँदैछन् । यो फिल्म रणवीरले क्रिकेटर कपिल देव र दीपिकाले उनको श्रीमतिको भूमिका निर्वाह गर्दैछन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : ५६ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय