एमाले स्थायी कमिटी बैठकमा विधान अधिवेशनबारे छलफल « Khabarhub

एमाले स्थायी कमिटी बैठकमा विधान अधिवेशनबारे छलफल


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीको विधान अधिवेशनबारे छलफल भएको छ ।

आजको बैठकमा आउँदो विधान अधिवेशनबारे छलफल भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकमा विशेष गरेर आउँदो विधान अधिवेशनका बारेमा छलफल भएको छ । त्यसमा पनि विधान अधिवेशनका प्रतिनिधि को हुने ? विधान अधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका विषयमा पनि कुराकानी भएको छ ।’

सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधान अधिवेशनमा पार्टीको राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने बताए । तीनै प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल भएको नेता भट्टराईले जानकारी दिए ।

बिहान ९ बजे बोलाइएको बैठक दिउँसो साढे १२ बजे सकिएको थियो। अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने भट्टराईले बताए।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : ५६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी