९/११ को आक्रमणको दिन के–के भयो, अनि के परिवर्तन भयाे ? | Khabarhub Khabarhub

९/११ को आक्रमणको दिन के–के भयो, अनि के परिवर्तन भयाे ?


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– ११ सेप्टेम्बर २००१ मंगलबारको दिन थियो । संसारको सबैभन्दा खतरनाख आतंकवादी आक्रमण यसै दिन भएको थियो ।

आतंकवादीहरुले दुई वटा अमेरिकी यात्री विमानलाई न्यूयोर्कस्थित व्रल्ड ट्रेड टावरका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यस आक्रमणमा हजारौं मानिसहरुको मृत्यु भयो ।

यो आक्रमणले अमेरिकामात्र होइन, पूरा संसार नै हल्लिएको थियो । त्यतिबेलादेखि यसलाई भयानक आक्रमणका रुपमा लिइन्छ ।

केलाई बनाइयो निशाना

पूर्वी अमेरिकामा त्यस दिन चार यात्री विमानलाई आत्मघातीहरुले अपहरण गरेका थिए । त्यसपछि उनीहरुले ती विमानको उपयोग न्यूयोर्क र वासिङ्टनस्थित चर्चित भवनमा आक्रमणका रुपमा गरे ।

दुई वटा विमान न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरका दुई भवनमा ठोक्किए । पहिलो विमान स्थानीय समय अनुसार ८ बजेर ४६ मिनेटमा उत्तरी टावरमा ठोक्कियो, अर्को विमान ९ बजेर ३ मिनेटमा दक्षिणी टावरमा ठोक्कियो ।

यस घटनामा दुबै भवनमा आगलागी भयो । माथिल्लो तलामा रहेका मानिसहरु फसे । सहर पूरा धुवाले भरिएको थियो । दुई घण्टाभित्र ११० तले भवन पूर्णरुपमा ढल्यो र भग्नावेशमा परिणत भयो ।

केही समयपछि ९ बजेर ३० मिनेटमा तेस्रो विमान वासिङ्टन डिसीबाट केही टाढा रहेको अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनमा ठोक्कियो । चौथो विमान १० बजेर ३ मिनेटमा पेन्सेल्भिनियाको मैदानमा दुर्घटामा पर्यो । आतंकवादीले यो विमानबाट वासिङ्टन डिसीस्थित क्यापिटल भवनमा आक्रमण गर्ने योजना बनाएको बताइन्छ ।

कति मानिस मारिए ?

यो आक्रमणमा २९८८ (१९ जना आतंकवादीबाहेक) को मृत्यु भएको थियो । यीमध्ये अधिकांशको मृत्यु न्यूयोर्कमा भएको थियो । यो आक्रमणमा मारिने क्रिष्टिन ली ह्यान्सन सबैभन्दा कम उमेरकी थिइन् । २ वर्षीया उनको मृत्यु आमाबाबुसँगै विमानमा भएको थियो ।

यो आक्रमणमा मारिने सबैभन्दा वृद्ध व्यक्ति ८२ वर्षीय रोबर्ट नोर्टन् थिए । उनी आफ्नी श्रीमती ज्याकिलनसँगै एक बिहेमा सहभागी हुन जाँदै थिए ।

वर्ल्र्ड ट्रेड टावरमा पहिलो विमान ठोक्किदा १७४०० मानिसहरु सो भवनमा रहेको अनुमान छ । उत्तरी टावरमा जहाँ विमान ठोक्कियो त्यसभन्दा माथिको तलामा रहेका कोही पनि व्यक्ति जीवित रहेनन् । जबकी दक्षिणी टावरमा जहाँ विमान ठोक्कियो त्यसभन्दा माथिल्लो तलामा रहेका १८ जनामात्र जीवित रहे ।

मारिनेहरुमा ८८ देशका नागरिक थिए । यसका साथै न्यूयोर्क सिटीमा भग्नावेशमा पुरिएर ४४१ जना मानिसको मृत्यु भएको थियो ।
यो आक्रमणमा हजारौं मानिस घाइते भएका थिए । यसमा दमकलकर्मी पनि थिए ।

को थिए आक्रमणकारी ?

इस्लामी आतंकवादी समूह अल कायदाले अफगानिस्तानबाट यी आक्रमणलाई सफल पारेको थियो । अल कायदाका प्रमुख ओसामा बिन लादेनले मुस्लिम देशहरुबीच जारी संघर्षका लागि अमेरिका र मित्र देशहरुलाई जिम्मेवार ठहर गरेका थिए ।

अल कायदाका १९ जना आक्रमणकारीले यो आक्रमण गरेका थिए । तीन समूहमा ५–५ आक्रमणकारी थिए । जबकी चौथो टिम (पेन्सेल्भिनियामा दुर्घटनाग्रस्त विमान)मा ४ जना आक्रमणकारी थिए ।

यी १९ मध्ये १५ जना आतंकवादी साउदी अरबका थिए भने दुईजना सँयुक्त अरब इमिरेट्स (यूएई)का थिए । एक–एक आतंकवादी इजिप्ट र लेबनाका थिए ।

आक्रमणपछि अमेरिकाले के जवाफ दियो ?

११ सेप्टेम्बरको आक्रमणको एक महिनाभित्रै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुशले अल कायदा र ओसामा बिन लादेनलाई समाप्त पार्न अफगानिस्तानमा आक्रमण गरे । अमेरिकाको यो अभियानमा अन्य मुलुकहरुले पनि सहयोग गरे ।

करिब १० वर्षपछि २०११ मा ओसामा बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानको एबटाबादमा मारे ।

११ सेप्टेम्बर आक्रमणका कथित रणनीतिकार खालिद शेख मोहम्मदलाई २००२ मा पाकिस्तानमा गिरफ्तार गरियो । त्यो बेलादेखि हालसम्म उनलाई अमेरिकाको ग्वान्तानमो बे जेलमा राखिएको छ । हालसम्म उनको मुद्दामा सुनुवाइ सुरु भएको छैन ।

अल कायदा अहिले पनि सक्रिय छ । यो अफ्रिकाको सब सहारा क्षेत्रमा निकै बलियो छ तर अफगानिस्तानमा पनि यसका सदस्य छन् ।

२० वर्षपछि अमेरिकी सेना गत महिना अफगानिस्तानबाट फिर्ता भएका छन् । यसकारण संसारमा फेरि इस्लामी आतंकवादी सक्रिय हुने चिन्ता छ ।

११ सेप्टेम्बरको आक्रमणपछि के परिवर्तन भयो ?

११ सेप्टेम्बरको आक्रमणपछि विमानको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । अमेरिकामा विमानस्थल र विमानको जाँच गर्नका लागि विशेष संगठन ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशनको गठन गरिएको छ ।

न्यूयोर्कस्थित वर्ल्ड ट्रेड टावरको भग्नावेश हटाउन ८ मनिाभन्दा धेरैको समय लाग्यो । त्यो स्थानलाई मेमोरियल र म्यूजियम बनाइयो र फरक डिजाइनमा त्यहाँ भवन ठड्याइयो ।

वर्ल्ड ट्रेड सेन्टको भवनलाई अब फ्रिडम टावर भनिन्छ । यो पहिलाको भवन उत्तरी टावर १३६८ को फिटको उँचाइभन्दा करिब ४०० फिट बढी अथवा १७७६ फिट उँचाइको छ ।

उता पेन्टागनमा नष्ट भएको भागलाई एक वर्षभित्रै बनाइयो । र त्यहाँ २००२ देखि मन्त्रालयका सबै कर्मचारीले काम गर्न थाले । बीबीसी

 

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : ५६ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते