गुह्येश्वरी क्षेत्रको वाग्मती सफाइ, राजधानीमा उठेन फोहर « Khabarhub

गुह्येश्वरी क्षेत्रको वाग्मती सफाइ, राजधानीमा उठेन फोहर


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ ।

वाग्मती किनारमा जम्मा भएको फोहर विगत दुई महिनाअघि देखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको फोहर फेरि नदीमै मिसिन थालको छ ।

अभियानकर्मीले सफाइ गरेर फोहर थुपार्ने तर उठाएर व्यवस्थापन नहुने क्रम चलेकाले नदी क्षेत्र प्रदूषित हुन थालेको हो । पानी परेका दिन बाढी फोहर बगाएर लैजाने गरे पनि नपरेका दिन नदीमा फोहर देखिन थालेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए ।

अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र अभियानकर्मीको सक्रियतामा गुह्येश्वरी क्षेत्रको नदी किनारमा सफाइ गरिएको हो । सफाइमा कर्मचारी र अभियानकर्मी गरी १०० जनाभन्दा बढी सक्रियता थियो । सफाइबाट जम्मा भएको फोहर आज पनि किनारमै थुपारेर राखिएको छ ।

सफाइ महाअभियानले जम्मा पारेको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएकामा विगत दुई महिनाभन्दा लामो समयदेखि सिस्डोल जाने सडक बिग्रिएको भन्दै उठेको छैन । दुई हप्ताअघि फोहर फेरि लैजान थालिएको भनिए पनि राजधानीका चोक, फुटपाथ, नदी किनारमा थुप्रो फोहर भेटिन्छ ।

फोहरको थुप्रोबाट निस्किएको दुर्गन्धले हिँड्न नसकिने अवस्था भएको पैदल यात्रु रणेन्द्र श्रेष्ठको गुनासो छ । पुतलीसडकको फुटपाथमा फोहर थुपारिएकाले सडकबाट हिँड्नु परेको उनले गुनासो गरे । वाग्मती सफाइ महाअभियानले सफाइप्रति चेतना जागृत गरे पनि काठमाडौँ उपत्यकाका नदी अझै सफा हुन सकेको छैन । वर्षामा बाढीका कारण सफाइ देखिए पनि हिउँदमा नदी क्षेत्र दुर्गन्धित हुने गरेको छ ।

उपलब्धि कम भए पनि आठ वर्षदेखि सफाइ महाअभियान आज निरन्तर जारी छ । बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सफाइ अभियान जारी छ । चाडपर्व, वर्षा, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियान हुँदै आएको छ ।

वाग्मती सफाइ महाअभियान सुरु भएसँगै यसका सहायक नदी सफाइ पनि जारी छ । उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । वाग्मतीसँगै आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तरी र पश्चिम खण्डलगायत स्थानमा पनि सफाइ भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : २६ बजे

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक