बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा « Khabarhub

बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो । तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ ।

सम्झौता गरिएको कम्पनी लापरवाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो । असारभित्र प्लान्ट निर्माण गर्ने गरी हेल्थ केयर सप्लायर्स, काठमाडौँ र अस्पतालबीच सम्झौता भएको थियो ।

प्लान्ट स्थापनाको काम सुरु हुन नसकेको जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा वसन्तराज जोशीले बताए । प्लान्ट स्थापना गर्न सङ्घीय सरकारबाट रु एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख प्राप्त भएको छ ।

“गत आर्थिक वर्षभित्र जडान गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको हो”, जोशीले भने, “असारमा काम गर्न नसक्ने भनेपछि एक महिना म्याद थपिएको थियो । कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौँ, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ ।”

कम्पनीले सम्झौता गरे पनि समयमा काम नगर्दा अन्योल भएको उनको भनाइ छ । भदौसम्म पर्खिने र उक्त समयमा पनि काम गर्न नसके अर्को कम्पनीको खोजी गर्ने अस्पतालको तयारी छ ।

कोरोना महामारीको दोस्रो लहरसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको हो । तेस्रो लहर आए उपचारमा समस्या हुने देखिन्छ ।

जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । “प्लान्ट स्थापना गरिए ५० शय्याको अस्पताल सञ्चालनमा ल्याउन सहयोग पुग्छ, शल्यक्रिया गर्न तथा सघन उपचार कक्ष सञ्चालनका लागि पनि सहज हुन्छ”, जोशीले भने ।

अस्पतालसँग हाल एक सय ६ अक्सिजन सिलिन्डर रहेको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : ४० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्