विश्व बल्लभलाई गीतकार संघको सम्मान « Khabarhub

विश्व बल्लभलाई गीतकार संघको सम्मान


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार संघ नेपालले गीतकार विश्व वल्लभलाई ‘अमर भावना राष्ट्रिय सम्मान २०७७’बाट सम्मानित गर्ने भएको छ । संघले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’कार्यक्रममा एक लाख एकाउन्न हजार रुपैंयाँ, दोसल्ला र ताम्रपत्रसहित बल्लभलाई सम्मान गर्न लागेको हो । कार्यक्रम असोजको पहिलो साता काठमाडौंमा हुँदैछ ।

संघले विज्ञप्ती जारी गर्दै हरेक वर्ष प्रदान गर्दै आएको पन्ध्र हजार रुपैंयाँ राशीको ‘डायस्पोरा गीतकार सम्मान’बाट अमेरिकामा बस्दै आएका गीतकार हरि उप्रेतीलाई सम्मान गर्ने जनाएको छ ।

यस वर्षबाट प्रदान गरिने ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७’ गुरुङ भाषाका गीतकार कृष्णबहादुर गुरुङ ‘लमजुङ’लाई पच्चिस हजार पाँच सय बाउन्न रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिँदैछ ।

वर्ष गीत छनोट
संस्थाका अनुसार संस्थामा रहेका सदस्यहरुले २०७७ मा सार्वजनिक गरेका र संस्थामा विधिवत रुपमा दर्ता भएको गीतहरू मध्यबाट ‘वर्ष गीत पुरस्कार २०७७’ मा दश गीत छनोटमा परेका छन् ।

जसमा राजु थापाको ‘चुडी जाने‘, रमेश दाहालको ‘आफैँ हिड्ने’, सुरेश वाग्लेको ‘सोच्दैछु’, रवीन्द्र आशीष शैलीको ‘तस्वीर’, ध्रुव अगाईंको ‘तिमीलाई’, रमेश अधिकारीको ‘गञ्जी मैलो’, एचके धितालको ‘यही देशमा’, प्रवल विष्टको ‘यो कस्तो कहर’, वीवी थापाको ‘बाँचुन्जेल हाँसो’ र अगम विकरालको ‘एकान्तमा’ छन् ।

त्यस्तै वर्ष गीत पुस्तकतर्फ यो वर्ष गणेश श्रेष्ठ ‘अपेक्षा’को ‘मनको आकाश’, घनबहादुर थापा मगरको ‘फूलको मुस्कान’ र जेबी थुलुङको ‘नथाक्ने मान्छे’ छन् । संघका अध्यक्ष शुभ मुकारुङका अनुसार सर्वोत्कृष्ट गीत र पुस्तकलाई जनही ५७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : ३७ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान