विश्व बल्लभलाई गीतकार संघको सम्मान « Khabarhub

विश्व बल्लभलाई गीतकार संघको सम्मान


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार संघ नेपालले गीतकार विश्व वल्लभलाई ‘अमर भावना राष्ट्रिय सम्मान २०७७’बाट सम्मानित गर्ने भएको छ । संघले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’कार्यक्रममा एक लाख एकाउन्न हजार रुपैंयाँ, दोसल्ला र ताम्रपत्रसहित बल्लभलाई सम्मान गर्न लागेको हो । कार्यक्रम असोजको पहिलो साता काठमाडौंमा हुँदैछ ।

संघले विज्ञप्ती जारी गर्दै हरेक वर्ष प्रदान गर्दै आएको पन्ध्र हजार रुपैंयाँ राशीको ‘डायस्पोरा गीतकार सम्मान’बाट अमेरिकामा बस्दै आएका गीतकार हरि उप्रेतीलाई सम्मान गर्ने जनाएको छ ।

यस वर्षबाट प्रदान गरिने ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७’ गुरुङ भाषाका गीतकार कृष्णबहादुर गुरुङ ‘लमजुङ’लाई पच्चिस हजार पाँच सय बाउन्न रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिँदैछ ।

वर्ष गीत छनोट
संस्थाका अनुसार संस्थामा रहेका सदस्यहरुले २०७७ मा सार्वजनिक गरेका र संस्थामा विधिवत रुपमा दर्ता भएको गीतहरू मध्यबाट ‘वर्ष गीत पुरस्कार २०७७’ मा दश गीत छनोटमा परेका छन् ।

जसमा राजु थापाको ‘चुडी जाने‘, रमेश दाहालको ‘आफैँ हिड्ने’, सुरेश वाग्लेको ‘सोच्दैछु’, रवीन्द्र आशीष शैलीको ‘तस्वीर’, ध्रुव अगाईंको ‘तिमीलाई’, रमेश अधिकारीको ‘गञ्जी मैलो’, एचके धितालको ‘यही देशमा’, प्रवल विष्टको ‘यो कस्तो कहर’, वीवी थापाको ‘बाँचुन्जेल हाँसो’ र अगम विकरालको ‘एकान्तमा’ छन् ।

त्यस्तै वर्ष गीत पुस्तकतर्फ यो वर्ष गणेश श्रेष्ठ ‘अपेक्षा’को ‘मनको आकाश’, घनबहादुर थापा मगरको ‘फूलको मुस्कान’ र जेबी थुलुङको ‘नथाक्ने मान्छे’ छन् । संघका अध्यक्ष शुभ मुकारुङका अनुसार सर्वोत्कृष्ट गीत र पुस्तकलाई जनही ५७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : ३७ बजे

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ : गुरु बराल

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले संसद्को गतिरोध अन्त्य

आर्थिक विधेयकमा संसदीय छानबिन समिति आवश्यक : वर्षमान पुन 

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा

‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको