लिम्पिया र गोकर्णलाई उपाधि « Khabarhub

लिम्पिया र गोकर्णलाई उपाधि


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गर्ल्समा च्याम्पियन बने ।

सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित गर्‍यो । लिम्यिाको जितमा संगम तामाङले ९ अंकको योगदान गरे । लिम्पियाका विवेक यादव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेताले ७ हजार र उपविजेताले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

गर्ल्सको उपाधि भिडन्तमा गोकर्णेश्वरले न्यू मिलिनियमलाई १०–९ ले हरायो । गोकर्णेश्वरका विनामणि योञ्जनले ६ स्कोर गरिन् । उनी नै ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिइन् । लिम्पियाले ५ हजार तथा गोकर्णेश्वरले ३ हजार नगद पुरस्कार पाए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नेपाल बास्केटबल संघका फिबा कमिसनर दुर्गाबहादुर थापा, आयोजक स्कलर्सका प्रिन्सिपल सूर्यप्रसाद पण्डित, विद्यालय व्यवस्थापनका अध्यक्ष श्यामराज पण्डितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा ब्वाइजतर्फ २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउट आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ९ टिम सहभागी थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ३ : ०८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते