लिम्पिया र गोकर्णलाई उपाधि « Khabarhub

लिम्पिया र गोकर्णलाई उपाधि


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गर्ल्समा च्याम्पियन बने ।

सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित गर्‍यो । लिम्यिाको जितमा संगम तामाङले ९ अंकको योगदान गरे । लिम्पियाका विवेक यादव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेताले ७ हजार र उपविजेताले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

गर्ल्सको उपाधि भिडन्तमा गोकर्णेश्वरले न्यू मिलिनियमलाई १०–९ ले हरायो । गोकर्णेश्वरका विनामणि योञ्जनले ६ स्कोर गरिन् । उनी नै ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिइन् । लिम्पियाले ५ हजार तथा गोकर्णेश्वरले ३ हजार नगद पुरस्कार पाए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नेपाल बास्केटबल संघका फिबा कमिसनर दुर्गाबहादुर थापा, आयोजक स्कलर्सका प्रिन्सिपल सूर्यप्रसाद पण्डित, विद्यालय व्यवस्थापनका अध्यक्ष श्यामराज पण्डितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा ब्वाइजतर्फ २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउट आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ९ टिम सहभागी थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ३ : ०८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले