एमसीसी संशोधनपछि अनुमोदन गर्ने एमालेको नीति « Khabarhub

एमसीसी संशोधनपछि अनुमोदन गर्ने एमालेको नीति


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट संशोधनपछिमात्र अनुमोदन गर्ने बताएको छ । एमालेका सचिव योगेश भट्टराईले एमसीसी संशोधन भएपछि अनुमोदन गर्ने एमालेको पूरानै नीति रहेको बताएका छन् ।

शनिबार तुलसीलाल स्मृतिप्रतिष्ठानमा आयोजित कार्यक्रमपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले एमालेको अडान नेकपाकालीन नै रहेको बताए । उनले नेकपाले तीन सदस्यीय कार्यदल बनाएर सुझाव दिएको उल्लेख गर्दै केही विषयहरु स्पष्ट पारेर संशोधन गर्नुपर्ने एमालेको लाइन भएको बताए । उनले एमसीसी रिजेक्ट गर्ने पनि नगर्ने र अहिलेकै अवस्था पनि स्वीकार नगर्ने नीति रहेको बताए ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमारसँगको वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले धारणा ल्याएमात्र एमालेको धारणा आउने बताएका थिए । उनले एमसीसीबारे स्पष्ट जवाफ नदिइरहेको बेला सचिव भट्टराईले संशेधन हुनुपर्ने बताएका हुन् ।

एमसीसीकी उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डल गत बिहीबार ४ दिने भ्रमणका लागि काठमाडौं आइपुगेको थियो । सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली, नेपका (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् संयोज डा बाबुराम भट्टराईलाई भेटिसकेको छ ।

यी सबै भेटमा प्रधानमन्त्री देउवालेमात्र आफू एमसीसी अनुमोदनको पक्षमा रहेको बताएका छन् भने अन्य सबै नेताहरुले स्पष्ट जवाफ दिएका छैनन् । ५ सय मिनियन अमेरिकी डलरको सो सम्झौता २०७४ सालमा भएको थियो । तर, संसदबाट अनुमोदन हुन नसक्दा कार्यान्वयनमा आएको छैन । ओली सरकारले २०७६ मै संसदमा अनुमोदनका लागि पेश गरे पनि संसद्ले सो सम्झौतालाई अगाडि बढाएको छैन । अहिले ओली सरकार विस्थापित भएर प्रतिपक्षको अवस्थामा पुगेको छ भने गठबन्धन सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ ।

एमसीसीबारे सत्ता गठबन्धनका दलहरु पनि अनिर्णत बन्दा यसको भविष्यबारे अन्योल छ । सडकमा पनि विभिन्न कम्युनिष्ट पार्टीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ३ : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्