चीनसँगको सीमा विवाद अध्ययन गर्न गठित समितिको टोली हुम्ला पुग्यो « Khabarhub

चीनसँगको सीमा विवाद अध्ययन गर्न गठित समितिको टोली हुम्ला पुग्यो


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समिति शनिबार हुम्ला पुगेको छ । शनिबार हुम्ला सदरमुकाम सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँगको छलफलपछि टोली सीमा क्षेत्र प्रस्थान गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खबरहबलाई जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिब जयनारायण आचार्य संयोजक रहेको अध्ययन समितिको टोलीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रको सीमा अवलोकनका लागि त्यसतर्फ गएको छ । अध्ययन टोलीले १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्नेछ ।

गत वर्ष लिमी क्षेत्रमा चीनले नेपाली भूमि मिचेको सार्वजनिक भएको थियो । त्यतिबेला तत्कालीन हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीले चीनले नेपाली भूमिमा भवन भएको देखिएको बताएका थिए । तर, तत्कालीन ओली सरकारले भने चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो । चीनले पनि कुनै सीमा विवाद नरहेको बताएको थियो ।

तर, तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसका कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको टोलीले सीमा क्षेत्रको अवलोकनपछि चीनले सीमा मिचेको कांग्रेस केन्द्रीय कार्यालयमा प्रतिवेदन दिएको थियो । अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेका बेला विवाद अध्ययनका लागि समिति गठन भएपछि पनि चीनले सीमा विवाद नरहेको बताएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्