अर्थमन्त्री शर्माले एमसीसी उपाध्यक्षलाई भने : अनुमोदनबारे दलहरुबीच छलफल जारी छ « Khabarhub

अर्थमन्त्री शर्माले एमसीसी उपाध्यक्षलाई भने : अनुमोदनबारे दलहरुबीच छलफल जारी छ


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग शनिबार शिष्टाचार भेट गरेकी छन् ।

सो भेटका अवसरमा फातिमाले एमसीसी कम्प्याक्ट छिटो अनुमोदन गर्न आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार फातिमाले २०१७ मा हस्ताक्षर भएको सो एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि छिटो संसदबाट अनुमोदन गर्नुपर्ने बताएकी थिइन् ।

जवाफमा अर्थमन्त्री शर्माले यो सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको बताएका छन् ।

अर्थमन्त्रालयले केही दिन अगाडि एमसीसी कम्प्याक्टबारे एमसीसीलाई लिखित ११ वटा प्रश्न सोधेको थियो । एमसीसीले पनि ती प्रश्नको उत्तर लिखित रुपमै दिइसकेको छ ।

उपाध्यक्ष फातिमा गत बिहीबार ४ दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएकी थिइन् ।

काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरिसकेकी छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : ३५ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर