ओखलढुंगामा शिक्षण संस्था खुले, जोखिम कायमै « Khabarhub

ओखलढुंगामा शिक्षण संस्था खुले, जोखिम कायमै


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओलढुंगा जिल्लामा स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालेका छन् । निषेधाज्ञा हटेपछि कार्यपालिकाले निर्णय गरेर विद्यालय खोलिएको हो ।

सिद्धिचरण नगरपालिका, मानेभञ्ज्यांग, चम्पादेवीलगायतका पालिकाले सूचना जारी गरेर स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक उपस्थितिमा परीक्षा विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् ।

विद्यालयमा भौतिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, विद्यार्थी संख्याको आधारमा जोर विजोर प्रणाली अपनाएर पठन पाठन सञ्चालन गर्न भनिएको मानेभञ्ज्यांग गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए । ‘सुरक्षा मापदण्ड त अपनाउनै पर्‍यो, सधै विद्यालय बन्द गर्दा बालबच्चा बिग्रेको गुनासो आउन थालेको छ,’ राईले भने ।

विद्यालयमा कक्षा सञ्चालन चुनौतीपूर्ण भए पनि सञ्चालनको विकल्प नभएको स्थानीय तहको निचोड छ । विद्यालय सञ्चालन निकै चूनौतिपूर्ण भएको सिद्धिचरण ७ को विगुटार माविका प्रधानाध्यापक युवराज दाहाल बताउँछन् । स्वास्थ्य सुरक्षा मापदण्ड र स्वास्थ्य सामग्री व्यवस्थापनमा जनशक्ति र खर्च बढ्ने भएकाले स्थानीय तहले यसबारे सोच्नुपर्ने अभिभावक र विद्यालयको भनाइ छ । जोर विजोर कक्षा सञ्चालनदेखि स्वास्थ्य सामग्रीको व्यवस्थापनमा चुनौती बढेको उनीहरुको भनाइ छ ।

जिल्लाका अन्य तहले पनि सूचना निकालेर विद्यालय सञ्चालनको तयारी गर्न परिपत्र गरेका छन् । विद्यालयमा पठन पाठन नहुँदा बालबालिका मोबाइल र टिभीमा झुम्मिने, पठनपाठनमा ध्यान नदिनेजस्ता समस्या भएको भन्दै अभिभावकले विद्यालय सञ्चालनको माग गर्दै आएका थिए ।

जिल्लामा कोरोना संक्रमितको संख्या १ सयभन्दा कम भएपछि निषेधाज्ञा खुलेको छ भने हाटबजार तथा पसलहरुसमेत खुलेपछि विद्यालय पनि सञ्चालन गरिएको सदरमुकामस्थित सगरमाथा जनता माविका प्रधानाध्यापक डिल्ली कार्की बताउँछन् । विद्यालय सुरु भए पनि जोखिम उच्च रहेको र व्यवस्थापन चुनौतीपूर्ण भएको कार्कीको भनाइ छ ।

क्याम्पस पनि खुले

विद्यालय मात्रै होइन सिद्धिचरण नगरपालिकाभित्र रहेका ३ वटा सामुदायिक क्याम्पसले पनि पठनपाठन सुरु गर्ने तयारी थालेका छन् । सदरमुकामको जिल्लाकै पुरानो क्याम्पस ओखलढुंगा क्याम्पसले एक हप्ता पहिलेबाटै कक्षा सञ्चालन सुरु गरेको छ । अनलाइन कक्षा सञ्चालन गरिरहेको उक्त क्याम्पसले नगरपालिकाले शिक्षण संस्थाहरु भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको, इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीहरुको अनलाइन कक्षमा पहुँच नभएकाले भौतिक उपस्थितिमै कक्षा प्रभावकारी बनाउन सकिने क्याम्पस प्रमुख सुमन राजभण्डारी बताउँछन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन भने विद्यार्थीलाई चुनौती रहेको उनको अनुभव छ । ‘मास्क लगाउनसमेत बारम्बार सचेत गराउनु पर्छ,’ उनले भने । शैक्षिक संस्था खुलेपछि आवत जावत बढ्ने र कोरोना संक्रमण दर बढ्न सक्ने भएकाले सचेत हुनुपर्नेमा सरोकारवालाको जोड छ । न्यूज कारखाना

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : ०० बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको