ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको छ : नेपाल | Khabarhub Khabarhub

ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको छ : नेपाल


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा शनिबार नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको दक्षिणपन्थी गठबन्धन सबै उपलव्धीलाई तुहाउन चाहनेको गठबन्धन भएको आरोप लगाए ।

उनले आफूहरुको गठबन्धन मुलुक निर्माणका लागि भएको दाबी गरे । एमालेका अध्यक्ष ओलीप्रति आक्रमक देखिएका नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताए । उनले एमालेलाई ओलीको निजी कम्पनीको रुपमा परिणत भएको आरोप लगाए ।

यस्तै उहाले एमसीसी नेपालको हितमा छ भन्ने ग्यारेन्टी भएपछि मात्रै अघि बढाइने बताए । एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको उनले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु दलबहादुर सुनार, कौशिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपन्देहीका अध्यक्ष राजु गुरुङ, युवा संघका अध्यक्ष नरेश शाही, युवा संघ लुम्बिनी इन्चार्ज सरिता श्रीस लगायतले पार्टीलाई मजबुद बनाएर अघि बढ्ने जनाएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : ४० बजे

सहकारीका समितिमा रहेका शिक्षक धमाधम राजीनामा दिँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्र रहेका सहकारी संस्थाको समितिबाट

चार बुँदे माग राखेर मिटरब्याज पीडित धर्नामा (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध संघर्ष समिति नेपालले माइतीघरमा धर्ना दिइरहेका छन् ।

पल शाहको फिल्म ‘मोहर’ हेर्ने ९ दर्शकलाई ‘सुनको मोहर’ जित्ने मौका

काठमाडौं – नायक पल शाह स्टारर पाँचौँ सातामा प्रदर्शनरत फिल्म

संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा

सामाजिक सञ्जाल बन्द भएपछि युट्यूबर विरोधमा, देशभर आन्दोलन गर्ने

काठमाडौँ – सरकारले विद्युतीय सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युट्यूबरहरूको