भेरीका विद्यालय आइतबारदेखि खुल्ने « Khabarhub

भेरीका विद्यालय आइतबारदेखि खुल्ने


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखाप्रमुख अमृतबहादुर पुनले बताए । भेरी नगरपालिकामा हाल कोरोना सङ्क्रमणको अवस्था नरहेकाले विद्यालय खोल्ने निर्णय गरिएको उनले बताए ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाखदेखि यहाँका विद्यालय बन्द रहेका थिए । कार्यढाँचामा सबै शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्ने, जोरबिजोर प्रणाली अपनाएर भए पनि भौतिक दूरी कायम गर्नुपर्ने लगायतका प्रावधान राखिएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने भएपछि विद्यार्थी र अभिभावक खुशी भएका छन् । रोकिएको कक्षा ११ र १२ को परीक्षासमेत यही भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ । रासस

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : ०० बजे

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने