संसदमा आफ्ना सांसदहरु उच्छृंखल भएपछि एमालेले बोलायो संसदीय दलको बैठक | Khabarhub Khabarhub

संसदमा आफ्ना सांसदहरु उच्छृंखल भएपछि एमालेले बोलायो संसदीय दलको बैठक


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको एमालेका सांसदहरुले संसदमा उच्छृंखल व्यबहार देखाएपछि चौतर्फी आलोचना भएको छ । यसरी आफ्ना सांसदहरुको आलोचना भएपछि सांसदहरुलाई संसदीय मर्यादा सिकाउन एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबारका लागि संसदीय दलको बैठक बोलाइएको पार्टी सचिब योगेश भट्टराईले जानकारी दिए ।

शनिबार बसेको स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको उनले जानकारी दिए । उनले भने, ‘एमालेले सभामुखको भूमिकालाई लिएर संसदमा विरोध गरिरहेको छ । विरोधका सीमा र संसदीय मर्यादा कायम राख्ने विषयमा सांसदहरुलाई स्पष्ट पार्न संसदीय दलको बैठक बोलाइएको छ ।’ उनले एमाले मर्यादित संसदीय दलको भएको भन्दै यही विषयमा छलफल गर्न दलको बैठक बोलाइएको बताए ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरु आफ्ना साथी सांसदको बुइ चढेर रोष्टमसम्म जाने प्रयास गरेका थिए । एमालेका केही सांसदले सभामुखलाई माइकले झटारो हान्नेसम्मको प्रयास गरेका थिए । एमाले सांसदहरुले शुक्रबार प्रतिनिधिसभामा देखाएको व्यबहारको चौतर्फी आलोचना भइरहेको छ ।

सभामुख सापकोटाले संसद चलाउने विषयमा एमालेसँग कुनै छलफल नगरेको भट्टराईले बताए । उनले सभामुखले संसदको विश्वाससमेत कायम नगर्न नसकेको भन्दै सभामुखले छलफल गरेपछि संसद चल्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

सरकारले बलमिच्याइँ गरेर वातावरण भड्काएकोसमेत एमालेले निष्कर्ष निकालेको छ । शुक्रबार छापामार शैलीमा हठात प्रतिस्थान विधेयकमार्फत बजेट ल्याएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

स्थायी कमिटी बैठकले प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटप्रति आपत्ति प्रकट गरेको सचिब भट्टराइले जनाए । उनले ओली सरकारले ल्याएको बजेटमा समावेश गरिएका लोकप्रिय कार्यक्रम कटौती गरिएको तर हचुवाका भरमा नयाँ कार्यक्रम थपिएको भन्दै एमालेको बजेटा विरोध रहेको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : १५ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते