प्रदेश–२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत « Khabarhub

प्रदेश–२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ ।

प्रत्येक आवको आठ महिनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधान रहे पनि प्रदेश सरकार गठन भएदेखि प्रथम पटक सर्वेक्षण प्रकाशित गरिएको हो । प्रदेश सरकारको आर्थिक उन्नतिका लागि गरिबी निवारण, रोजगारी सृर्जना, वित्तीय क्षेत्रको सुधारलगायत आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरी आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सोसँग सम्बन्धित विवरण संलग्न गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको अर्थ मन्त्रालयका सचिव काशिराज दाहालले बताए ।

सर्वेक्षणमा वित्त, वित्तीय क्षेत्र, गरिबी निवारण, रोजगारी, सुशासन, सामान्य प्रशासन, कृषि, वन तथा भूमि सुधार, उद्योग पर्यटन तथा भौतिक पूर्वाधारका परिसूचक समावेश गरिएको छ ।

कोभिड–१९ का कारण प्रदेश–२ का मात्र नभई देश कै उद्योग पर्यटनलगायत क्षेत्रमा नकरात्मक असर देखिए पनि कृषि र सेवाको क्षेत्रमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ । प्रदेश नं २ मा आव २०७७र७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ३९, ५०.२ र १० प्रतिशत रहेको अनुमान गरिएको थियो । सर्वेक्षणअनुसार राष्ट्रिय तहमा १३.३ प्रतिशत हिस्सा ओगटेको प्रदेश नं २ ले कोरोना महामारीमा पनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा १३।२ प्रतिशत योगदान पुर्‍याउन सफल देखिएको छ । रासस

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : १० बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते