सिन्धुपाल्चोकमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा « Khabarhub

सिन्धुपाल्चोकमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेकपा एकीकृत समाजवादी पार्टीले सिन्धुपाल्चोक जिल्ला कमिटी गठन गरेको छ । एकीकृत समाजवादीले सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सहसंयोजक रहने गरी १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा सिन्धुपाल्चोकमा एकिकृत समाजवादीले जिल्ला कमिटी घोषण गरेको हो । जिल्ला कमिटी सदस्यमा एमालेबाट वडा सदस्य जितेकाहरू रहे पनि उनीहरूले निर्वाचन कार्यलयमा सनाखत भने गरेका छैनन् ।

समाजवादीले सल्लाहकारमा यमबहादुर महतलाई चयन गरेको छ । संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेका छन् । जिल्ला कमिटी १ सय ५१ सदस्यीय हुनुपर्नेमा अन्य सदस्यपछि चयन गरिने संयोजक सापकोटाले जानकारी दिए ।

यस्तै एकीकृत समाजवादी पार्टी सिन्धुपाल्चोकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि देशलाई विदेशी शक्तिकेन्द्रको क्रिडास्थल बनाएको आरोप लगाएको छ । आफूलाई सच्याउन तयार हुनुपर्नेमा ओलीले कम्युनिष्ट पार्टीलाई विभाजन गरेर निहित स्वार्थ पूरा गर्ने बाटो रोजेको एकीकृत समाजवादीको आरोप छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ५८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी