सिन्धुपाल्चोकमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा « Khabarhub

सिन्धुपाल्चोकमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेकपा एकीकृत समाजवादी पार्टीले सिन्धुपाल्चोक जिल्ला कमिटी गठन गरेको छ । एकीकृत समाजवादीले सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सहसंयोजक रहने गरी १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितिमा सिन्धुपाल्चोकमा एकिकृत समाजवादीले जिल्ला कमिटी घोषण गरेको हो । जिल्ला कमिटी सदस्यमा एमालेबाट वडा सदस्य जितेकाहरू रहे पनि उनीहरूले निर्वाचन कार्यलयमा सनाखत भने गरेका छैनन् ।

समाजवादीले सल्लाहकारमा यमबहादुर महतलाई चयन गरेको छ । संयोजन समितिमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेका छन् । जिल्ला कमिटी १ सय ५१ सदस्यीय हुनुपर्नेमा अन्य सदस्यपछि चयन गरिने संयोजक सापकोटाले जानकारी दिए ।

यस्तै एकीकृत समाजवादी पार्टी सिन्धुपाल्चोकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि देशलाई विदेशी शक्तिकेन्द्रको क्रिडास्थल बनाएको आरोप लगाएको छ । आफूलाई सच्याउन तयार हुनुपर्नेमा ओलीले कम्युनिष्ट पार्टीलाई विभाजन गरेर निहित स्वार्थ पूरा गर्ने बाटो रोजेको एकीकृत समाजवादीको आरोप छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ५८ बजे

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र