औषधीय गुण बोकेको सिस्नोका फाइदा « Khabarhub

औषधीय गुण बोकेको सिस्नोका फाइदा


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ । अझै पहाडी जिल्लाका दुर्गम स्थानमा सिस्नो र च्याँख्ला खानेलाई हेयको दृष्टिले हेर्ने चलन छ । तर यही सिस्नोको औषधीय महत्वबारे तपाइँ जानकार नहुन सक्नुहुन्छ । प्रस्तुत छ सिस्नोका केही औषधीय महत्व-

  • सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।
  • यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
  • सिस्नो गर्भवती तथा सुत्केरीलाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ ।
  • उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ ।
  • प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।
  • सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पुर्‍याउँछ ।
  • यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट रोक्ने काम गर्छ ।
  • सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ ।
  • पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ ।
  • शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ ।
  • शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ५९ बजे

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको