प्रदेश नं १ मन्त्रिपरिषद् बैठक : प्रदेश पर्यटन बोर्ड गठन « Khabarhub

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक : प्रदेश पर्यटन बोर्ड गठन


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ ।

मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।

यसैगरी सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी, भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोर्ड) लाई नियुक्त गर्ने निर्णय गरेको  उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिए ।

यस्तै बैठकले खुपु खोला जलविद्युत् आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार लगानी गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बाबा मेयाङ्वो (पाँचथर), सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम) विराटनगर र सदस्यमा भेषराज कार्की (सुनसरी, विल्भष घोष (सुनसरी, थलु राजभण्डारी (ओखलढुङ्गा) लाई नियुक्त गरेको छ ।

यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे(झापा), सदस्यमा घिम घिमिरे (विराटनगर), सरोज श्रेष्ठ (धरान), सीमा उपाध्याय (मोरङ), रञ्जु सिग्देल (इटहरी), किशोर धमला (विराटनगर), अरुण थापा (विराटनगर), नारायणबाबु कार्की (मोरङ), सुनिता घिमिरे (मोरङ), टीका प्रसाई (सुनसरी), निलम साह सोनारलाई (मोरङ) नियुक्त गरेको मन्त्री तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ०१ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी