दशैँमा वैदेशिक रोजगारी बाध्यता कि रहर ! « Khabarhub

दशैँमा वैदेशिक रोजगारी बाध्यता कि रहर !



काठमाडौँ– नेपालीको चार्ड दशैँ घरघरमा भित्रिएको छ । स्वदेश होस् कि विदेश, घरबाट टाढा बस्नेहरू अरू समयमा नसके पनि दशैँमा सकेसम्म घर आउँछन् । यसैले त बसपार्क र विमानस्थलमा यात्रुको बाक्लो चहलपहल हुन्छ ।

गत वर्ष कोरोना माहामारीका कारण कम चहलपहल देखिएपनि यसवर्ष भीडभाड बढेको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैँको मुखमा स्वदेश फर्किँनेहरूमात्रै भेटिँदैनन्, रोजगारीका लागि विदेश जानेहरू पनि उत्तिकै हुन्छन् ।

त्यसो त रोजगारीका लागि परदेश पुगेकाहरू दशैँ मनाउन स्वदेश फर्कने भीड पनि छ । दशैँ मनाउनकै लागि परदेश जानेहरू पनि विमानस्थलमै भेटिन्छन् ।

आइतवार अन्तर्राष्ट्रिय टर्मिनल अगाडी उडानको प्रतिक्षामा बसेका थिए हेटौँडाका बालकृष्ण महर्जन र लक्ष्मी महर्जन ।

अष्ट्रेलियामा उनका छोरा बुहारी छन् । उनकाअनुसार ५ वर्ष भयो छोराबुहारीको साथमा दशैँ मनाउन नपाएको । त्यसैले छोरो स्वदेश नफर्किने भएपछि दशैँ मनाउन उतै लागेका छन् बाआमा ।

‘गत वर्षहरूमा दशैँमा सन्तान बिना घर शून्य भएपछि यस वर्ष उतै जाने निर्णय गर्‍यौँ’ उनले भनिन्, ‘दशैँ मनाएर फेरि फर्किन्छौँ ।’

त्यसो त उनीहरूको अष्ट्रेलिया यात्रा पहिलो पटक भने होइन् । यसअघि अन्य समयमा उनीहरू छोराले बोलाएपछि घुम्न अष्ट्रेलिया पुग्थे । तर यो वर्ष भने दशैँ मनाउनकै लागि जादैछन् ।

त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनलकै अर्को छेउतिर केही युवाको जमात थियो । उनीहरूको अनुहारमा चमक नै छुट्टै । उनीहरू कलेज बिदा भएपछि छुट्टी मनाउन विदेश जान लागेका हुन् ।

‘कोरोना माहामारीका कारण लामो समयसम्म घरमै सीमित भइयो,’ एक युवाले भने, ‘बल्ल कलेज छुट्टि पाइयो फ्रेस हुनकै लागि परिवारसँग बिदा मागेर साथीभाइ घुम्न जादैछौँ ।’

घुम्न, परिवारसँग दशैँ मनाउन देश छोडेर परदेश जानेहरूको अनुहारमा देखिएको खुसी र रोजगारीकै लागि जानेहरूको दुःख फरक छ ।

बाग्लुङका ३५ वर्षिय श्याम लाल पाण्डे । १३ वर्ष भयो उनी युएईमा बसेको ।

यसअघि गत वर्षको माघमा उनी छुट्टीमा स्वदेश फर्किएका थिए । बिदा सकिँदा पनि कोरोना माहामारीका कारण उनी रोजगारीमा फर्कन सकेनन् ।

विगतमा ५ वर्ष उनले युएईमै दशैँ मनाए । ‘विगतमा ५ वर्ष मैले युएइबाटै दशैँ मनाए परिवारसँग सम्पर्क गरेर भिडियो कल गरेर चित्त बुझाएँ’ उनले भने ।

नेपाली दाजुभाइसँग भेट गर्ने, मासुका परिकार बनाउने खाने, एक–आपसमा रमाइलो बाड्ने खुसी साटेर परदेशमा दशैँ मनाउने गरेको उनले अनुभव सुनाए ।

बुटवलका २५ वर्षीय रामु अर्याल । आफ्नो परिचय दिएर उनको गन्तव्यबारे जिज्ञासा राख्दा आफू रोजगारीका लागि युएइ (युनाइटेड अरब इमिरेट्स) जान लागेको बताए ।

कोरोना भाइरसको संक्रमणभन्दा पनि दशैँको समयमा परिवारलाई छोडेर विदेशिनु परेकोमा दुःख लागेको उनी बताउँछन् ।

उनी गत फागुनमा डेढ महिनाको बिदामा घर आएकोमा कोरोनाका कारणले फर्किन नपाएका रहेछन् । उनले भने, ‘बिदा सकिएपछि लकडाउन भयो, जान पाइनँ । अहिले कम्पनीले बोलायो ।’

रामु युएइमा फास्ट फुडमा काम गर्थेँ। उनले चार वर्ष युएईमा बिताए । त्यतिन्जेल दशैँ मनाउन पनि पाएनन् । छोटो बिदामा आए पनि लकडाउनका कारणले फर्किन पाएका थिएनन् ।

यसपाली घरमै दशैँ मनाउन पाउने भएँ भनेर ढुक्क थिए । उनले भने, ‘दशैँकै मुखमा कम्पनीले बोलायो, बोलाएका बेला जानै पर्‍यो ।’

झण्डै सात महिना बेरोजगार बस्नु परेको तोडमा कम्पनीले फोन गरेर बोलाएपछि उनलाई दशैँभन्दा रोजगारी ठुलो भयो । ‘आधा वर्ष त लकडाउनमै बित्यो, बेरोजगार भइयो,’ उनले भने, ‘बल्ल कम्पनी बोलाएको छ, नगई भएन ।’

आइसकेको दशैँमा घर छोडेर परदेशिने रहर कसलाई होला र ! तर परिवारलाइ खुसी दिने चाहना बोकेर भारी मन बनाउदै उनीहरू टर्मिनलतर्फ प्रवेश गरे ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ५ : ३० बजे

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

सुरुङ्गा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र

भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

पुत्रजया- भारत र मलेसियाले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

दशरथचन्द– बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १५०० बढी सामग्री हटाइयो, सबैभन्दा अगाडि रास्वपा

धनुषा– जनकपुरधाम क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर,