नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्यो « Khabarhub

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्यो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अंकले ओरालो लागेर ४९४.२२ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर रु तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर ओरालो लाग्यो । सामूहिक लगानी कोष ०.०६ र लगानी ०.९१ विन्दुले उकालो लाग्यो । बैंकिङ १६.२५, व्यापार ६४.४९, होटल तथा पर्यटन १८.६३, जलविद्युत् ३२.९३, वित्त ४२.७५, निर्जीवन बीमा ७८.९६, उत्पादन १८.१६, अन्य ३७.५२, लघुवित्त ६७.५८, जीवन बीमा ४१.०६ विन्दुले ओरालो लाग्यो ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १७ करोड १३ लाख ८५ हजार ३१८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९२ लाख ४१ हजार ३१७, महालक्ष्मी विकास बैंक रु १२ करोड ४३ लाख ७६ हजार ४८, नेपाल पूर्वाधार बैंक रु ११ करोड ६७ लाख २८ हजार ७८४ र नेपाल बैंक रु १० करोड ५० लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा ग्लोबल आइएमई समुन्नत स्किम एक ९.९०, सानिमा लाइफ इन्स्योरेन्स ७.८८, नेपाल पूर्वाधार बैंक ५.०९, कुमारी इक्विटी फण्ड ३.३८ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.९१ प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैंक ८.७६, रैराङ हाइड्रोपावर ८.२९, छ्याङदी हाइड्रोपावर ७.४३, मल्टिप्रपोज फाइनान्स कम्पनी ५.२० र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ४.६९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २० बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित